२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट सुन/चाँदी ल्याउँदै हुनुहुन्छ ? यस्तो छ है नियम !

८ फाल्गुन २०७६, बिहीबार ०९:१५

फागुन ८, काठमाडौँ| विदेशबाट नेपाल फर्कंदा केहि मात्रामा सुन ल्याउन पाउने नीति धेरैलाई थाहा छ तर यसको बिषयमा स्पष्ट भने थाहा नहुन सक्छ । 

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको थियो । पछिल्लो नियम अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले ५० ग्रामसम्मका सुनका गहना लगाएर आउँदा कुनै शुल्क तिर्नुपर्दैन तर ५० ग्रामभन्दा बढी १०० ग्रामसम्मका सुनका गहनामा भने प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ ।

जस्तोकि: 

यदी तपाइँले ५० ग्रामसम्मको सुनको गहना ल्याउनु  भएको छ भने कुनै शुल्क तिर्नुपरेन तर ६० ग्राम ल्याउनुभएको छ भने ५० ग्रामसम्म निशुल्क भएपनि थप १० ग्रामको रु. ८५००/- शुल्क तिर्नुपर्ने हुन्छ । यही दरले ७० ग्रामको १७,०००/-, ८० ग्रामको २५,५००/-, ९० ग्रामको ३४,०००/- र १०० ग्रामको ४२,५००/- तिर्नुपर्ने हुन्छ । 

अब यो भन्दा बढी अर्को १०० ग्रामसम्मको परिमाणमा सुन ल्याउनु भएमा जति बढी ल्याउनु भएको छ, प्रति १० ग्रामको १०/१० हजार थप तिर्नुपर्ने हुन्छ । तर त्यो भन्दा बढी सुन ल्याएमा भने सरकारले जफत गर्नेछ ।

यदी विदेशबाट सुन ल्याउँदा व्यापारिक प्रायोजनको लागि सुन ल्याउने हो भने प्रति १० ग्राम सुनमा ६ हजार ५ सय तोकिएको छ । 

काँचो सुन ल्याउने नियम: 

विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा भने ५० ग्रामसम्मको लागि प्रति १० ग्रामलाई ७ हजार ५ सय महसुल तिर्नु पर्नेछ । त्यस्तै, ५० देखि बढी थप ५० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको ८ हजार ५ सय रुपैयाँ भन्सार दर निर्धारण गरिएको छ ।

जस्तोकि: 

यदी तपाइँले ५० ग्रामसम्मको काँचो सुनको विष्कुट ल्याउनु  भएको छ भने प्रति १० ग्राम ७५००/- को दरले ५० ग्रामको ३७५००/- तिर्नुपर्ने हुन्छ । त्यस्तै ५० ग्राम भन्दा बढी १०० ग्रामसम्म काँचो सुन ल्याउनुहुन्छ भने हरेक १० ग्राममा ८५०० को दरले महशुल तिर्नुपर्ने हुन्छ । यसरी हिसाव गर्दा तपाइले कुल १०० ग्राम काँचो सुन ल्याउनु भएमा कुल रु. ८०,०००/- महशुल तिर्नुपर्ने हुन्छ । तर १०० ग्राम भन्दा बढी काँचो सुन ल्याउनु भएमा भने सरकारले जफत गर्नेछ । यस्तै १० ग्रामसम्म चाँदी ल्याउँदा प्रति १० ग्राम ७५ रुपैयाँ तिर्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान