१३ बैशाख २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएइमा कोरोनाभाइरस (COVID-19) संक्रमणका सम्बन्धमा विविध महत्वपूर्ण जानकारी

६ बैशाख २०७७, शनिबार ०४:२९

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस (COVID-19) संक्रमणका सम्बन्धमा नेपाल सरकार र युएइ सरकारका सम्बद्ध निकायहरूले जारी गरेका निम्नानुसारका महत्वपूर्ण सूचनाहरू सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

युएइमा संक्रमणको पछिल्लो आधिकारिक तथ्याङ्क

युएइको सन् २०२० को अप्रिल २२ सम्म युएइमा कोरोनाभाइरसबाट संक्रमितको जम्मा संख्या ७७५५ पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ र उपचारपश्चात् स्वास्थ्यलाभ गर्नेहरूको संख्या १४४३ रहेको छ ।

विद्युतीय माध्यमबाट चिकित्सकीय परामर्श

कोरोनाभाइरस संक्रमणको आशंका भएमा युएइको Ministry of Health and Prevention को वेभपेज https://www.mohap.gov.ae/en/Aboutus/Pages/COVID-19.aspx मार्फत Virtual Doctors सँग Chat गरी परामर्श गर्न सकिनेछ । साथै अस्पताल नै जानुपर्ने अवस्था सिर्जना भएमा ८००१११११ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

मनोवैज्ञानिक परामर्श

Quarantine वा Isolation का समयमा मनोवैज्ञानिक परामर्श आवश्यक परेमा युएइको Ministry of Health and Prevention को टेलिफोन नम्बर ०४५१९२५१९ मा सम्पर्क गर्न सकिनेछ । उक्त सेवा आइतवार देखि विहीवारसम्म बिहान ९ वजे देखि राति ९ वजेसम्म उपलब्ध हुनेछ।

कोरोनाभाइरस संक्रमणको लक्षणहरू देखिएमा

युएइको Ministry of Health and Prevention का अनुसार कोरोनाभाइरस संक्रमणका साधारण लक्षणहरू देखिएता पनि विगत हालसालै वैदेशिक यात्रा नगरेको खण्डमा घरमा नै बसी साधारण रुघाखोकी लागेको अवस्थामा जस्तै प्राथमिक उपचार विधि अपनाउन सकिनेछ । तर हालसालैका दिनमा विदेश यात्रा गरी फर्केको र कोरोनाभाइरसको लक्षण देखिएको अवस्थामा Ministry of Health and Prevention को Hotline नम्बर ८००१११११, Medical Operations Command Centre को सम्पर्क नम्बर ८००१७१७ र Dubai Health Authority को सम्पर्क नम्बर ८००३४२ मा सम्पर्क गरी नजिकको प्राथमिक स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्य जाँच गराउन सकिनेछ ।


नियमित सेवन गर्नुपर्ने औषधि प्राप्ति सम्बन्धमा

दीर्घ रोगसम्बन्धी नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरूले घरमा नै बसी आफूलाई जाँच गरिरहेको अस्पतालमा इमेलमार्फत सम्पर्क गरी ३ महिनासम्मको ‌औषधि प्राप्त गर्न सकिनेछ । उक्त इमेलमा आफ्नो इमिरेट्स आइडी, उपचारमा संलग्न चिकित्सकको नाम, आफ्नो स्वास्थ्य अवस्था, औषधिको नाम र औषधिको फोटो संलग्न गर्नुपर्नेछ ।

युएइको भिसा नवीकरण सम्बन्धमा

युएइको Federal Authority for Identity and Citizenship का अनुसार युएइमा रहेका तथा विदामा घर गएकाहरू सबैका लागि लागू हुने गरी १ मार्च २०२० देखि म्याद सकिएका इमिरेट्स आइडी, भिजिट भिसा र आवासीय भिसाहरू सन् २०२० को अन्त्य सम्मका लागि नवीकरण हुने भएको छन् । यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि दुबईको हकमा टोल फ्रि नम्बर ८००५१११ एवं नेपालबाट सम्पर्क गर्दा +९७१४५०१११११/+९७१४३१३९९९९ मा र अबुधाबीलगायत अन्य इमिरेट्सका हकमा ६००५२२२२२ वा नेपालबाट सम्पर्क गर्दा +९७१६००५२२२२२ (Then Press 1) मा सम्पर्क गर्न सकिनेछ ।

राहतको व्यवस्था सम्बन्धमा

अबुधाबीस्थित Department of Community Development ले स्थापना गरेको Authority of Social Contribution- Ma’an अन्तर्गत सञ्चालित ‘Together We Are Good’ नामक कार्यक्रमले कोरोनाभाइरस महामारीका कारण देहायका अवस्थामा भएकाहरूका लागि सहयोग गर्ने जनाइएको छ-

• रोजगारी गुमेका,

• बेतलबी बिदामा रहेका,

• तलब कटौतीमा परेका (स्थायी वा अस्थायी)

• स्व-रोजगार गर्ने र हालको अवस्थामा नियमित आम्दानी नभएका ।

यसका लागि वेभपेज https://www.togetherwearegood.ae/en/relief मा उपलब्ध फाराम भरी आफ्नो विवरण पेस गर्न वा टेलिफोन नम्बर ८००३०८८ मा सम्पर्क गर्न सकिनेछ ।

नेपालमा हवाइ आवागमनको अवस्था

नेपाल सरकारले ८ अप्रिल २०२० मा जारी गरेको सूचनाअनुसार सम्पूर्ण अन्तर्राष्ट्रिय यात्रुवाहक विमानहरूको नेपाल आवागमन सन् २०२० अप्रिल ३० को मध्यरातसम्मका लागि बन्द गरिएको छ ।

- प्रस्तुत जानकारी/सूचना नेपाली राजदूतावास, अबुधाबीले २०७७ वैशाख ५ गते सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’