२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जान पुन: श्रम स्वीकृति लिन के-के आवश्यक ? (सूचना सहित)

२०७७, १८ असार बिहीबार ०८:५६

असार १८, काठमाडौँ | विदामा आई कोरोनाको कारण वैदेशिक रोजगारीमा जान नपाएकाहरुले पुन: श्रम स्वीकृति लिएर विदेश जान पाउने भएका छन् ।

असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । 

बैठकले यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार बिहिबार वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै पुन: श्रम स्वीकृति लिन सकिने जानकारी गराएको छ । 

आवश्यक कागजातहरु:

१. सम्बन्धित मुलुकको कम्पनीले सोहि पदमा वा कम्पनी परिवर्तन गरेको भए त्यहा करार सम्झौता गरेको प्रमाणपत्र  

२. भ्यालिड पासपोर्ट 

३. भ्यालिड भिषा 

भिषा सकिएको भए, साउदी र कतारको हकमा नेपालस्थित सम्बन्धित देशको दुतावासमा गई आफ्नो भिषा रि-इस्युको लागि निवेदन दिन सकिन्छ, त्यसो गरे केहि दिनको भिषा थप गर्न सकिन्छ । अन्य देशको हकमा सम्बन्धित कम्पनिले भिषा रि-इस्यु गर्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय