२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ११ प्रक्रिया पुरा गरेपछि पाइन्छ वैदेशिक रोजगार वोर्डको कोषबाट निशुल्क हवाई टिकट

२३ श्रावण २०७७, शुक्रबार ०२:०७

साउन २३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि निःशुल्क हवाई टिकटको लागि आवेदन दिन सक्ने भएका छन् । विभिन्न देशमा श्रम स्वीकृति लिएर गएका नेपालीहरुले स्वदेश फर्कने इच्छा भए निवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारहरूको उद्वार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ अनुसार वैदेशिक रोजगार बोर्डको कोषबाट हवाई टिकट पाउने व्यवस्था गरेको छ ।

टिकटका लागि आवेदन दिन सक्ने व्यक्तिहरू नेपालबाट श्रम स्वीकृति लिएर आएको तीन वर्ष ननाघेको हुनुपर्ने हुन्छ । सम्बधित गन्तव्य मुलुकको सरकार वा रोजगारदाता, रोजगारीमा पठाउने ईजाजतपत्रवाला संस्था वा अन्य श्रोतबाट हवाई टिकट खर्च नपाएको वा आफ्नै खर्चमा नेपाल फर्कन नसक्ने अवस्थाको कामदारले आवदेन दिन सक्नेछन् ।

साथै, थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारहरूले समेत आवेदन दिन सक्नेछन् । टिकट प्राप्त गर्ने व्यक्तिहरूको चयन प्राथमिकताका आधारमा गरिने बताएको छ ।

पहिलो सजायबाट आममार्फी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल जान अनुमति प्राप्त भएका नेपाली प्राथमिकतामा पर्ने छन् । जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका वा रोजगारी गुमाएका पनि प्राथमिकतामा पर्ने दूतावासले बताएको छ ।

रोजगारमा गएको एक वर्षभन्दा कम अवधिमा रोजगारी गुमाएकाले सम्पूर्ण खर्च पाउनेछन् । एक वर्षदेखि तीन वर्षभित्रको समयमा रोजगारी गुमाएकाले ७५ प्रतिशत खर्च पाउनेछन् ।

पुनः श्रम स्वीकृति लिई गएको कामदारको हकमा ५० प्रतिशत र श्रम स्वीकृतिको अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारको हकमा सम्पूर्ण खर्च पाइने दुतावासले बताएको छ ।

कुनै निकायबाट आंशिक सहयोग प्राप्त भएको भएमा बाँकी अपुग रकम पाइने व्यवस्था भएको सूचनामा उल्लेख छ । विमानस्थलदेखि क्वारेण्टिन सेन्टरसम्म जान लाग्ने सम्पूर्ण खर्चको सुविधा रहेको बताइएको छ ।  नेपाली राजदूतावासमा स्वयं उपस्थित भई वा राजदूतावासको इमेल, हटलाईन नम्बर वा ह्वाट्स एपमार्फत् पनि निवेदन पेश गर्न सकिने सुविधा रहेको छ ।

टिकटको लागि निवेदनका साथै राहदानी र रोजगारी करार पत्रको प्रतिलिपि पनि संलग्न गर्न आवश्यक छ ।

आवेदनकर्ताहरूको आवेदनमाथि आवश्यक जाँचबुझ गरी निजहरूको विवरण परराष्ट्र मन्त्रालयमार्फत् वैदेशिक रोजगार बेर्डमा पठाइनेछ । बाेर्डको कोषबाट रकम निकासा भएपश्चात् हवाई टिकट उपलब्ध गराइनेछ ।

टिकट उपलब्ध नगराउने रोजगारदाताले आगामी दिनमा थप कामदार माग गरेमा निजको माग पत्र पाँच वर्षसम्म प्रमाणीकरण नगर्ने नीति लिईएको छ । 

वैदेशिक रोजगार वोर्डको कोषबाट हवाई टिकट पाउने ११ प्रक्रिया 

१. कामदारले राजदुतावासमा आवश्यक कागजात सहित निवेदन दिने 


२. हवाई टिकट पाउन योग्य कामदारहरुको राजदुतावासले विवरण तयार गरी म्यानपावर कम्पनीमा पठाउने 

३. म्यानपावर कम्पनीले सम्बन्धित रोजगारदाताबाट रोजगार करार बमोजिम सेवा सुविधा र हवाई टिकट उपलब्ध गराउन पहल गर्ने 

४. म्यानपावर कम्पनीले सम्बन्धित रोजगारदाताबाट हवाई टिकट प्राप्त गरेका र नगरेका व्यक्तिहरुको विवरण र आफूले प्राप्त गरेको प्रयासको सम्बन्धमा राजदुतावासमा प्रतिवेदन पेश गर्ने 

५. राजदुतावासले सम्बन्धित रोजगारदाताबाट टिकट प्राप्त नभएका व्यक्तिहरु मध्ये छानवीन गरी कोषको रकमबाट उद्दार हुनुनपर्ने व्यक्तिहरुमध्ये छानवीन गरी कोषको रकमबाट उद्दार हुनुपर्ने व्यक्तिहरुको सूची तयार गर्ने 

६. राजदुतावासले कोषको रकमबाट टिकट पाउन योग्य व्यक्तिहरुसँग आवश्यक कागजातहरु माग गर्ने 

७. कोषको रकमबाट टिकट पाउन योग्य व्यक्तिहरुको विवरण वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (FEMIS) मा समेत रुजु गरी प्रमाणित गर्ने 

८. कोषको रकमबाट टिकट पाउन योग्य व्यक्तिहरुको विवरण पर राष्ट्र मन्त्रालय मार्फत वैदेशिक रोजगार बोर्डमा पठाउने 

९. राजदुतावासले पठाएको विवरणको आधारमा वोर्डले हवाई टिकटको रकम उपलब्ध गराउने

१०. बोर्डबाट रकम प्राप्त भएपछि राजदुतावासले टिकट उपलब्ध गराउने 

११. रोजगार करार बमोजिमको सेवा, सुविधा र हवाई टिकट उपलब्ध नगराउने रोजगारदाताको अभिलेख राख्ने र सो रोजगारदाताको पाँच वर्षसम्म कामदार मागपत्र प्रमाणीकरण नगर्ने  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान