४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई जानकारी: कस्तो हुन्छ NOC ? (फर्म्याट सहित)

२२ आश्विन २०७७, बिहीबार ०७:०६

असोज २२, काठमाडौँ | कोरोना महामारीको कारण नेपालीहरु विदेशबाट बिदामा आएर आफूले काम गर्ने कम्पनीमा पुन: जान चाहेमा सरकारले एनओसी अनिवार्य गरेको छ । 

अहिले नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई NOC (No Objection Certificate) अनिवार्य गरेपछि विदेशमा रहेका कतिपय कम्पनीले सोको फर्म्याट माग गरेको विदेश जाने कामदारहरुले जनाएका छन् । सरकारी निर्णय अनुसार नयाँ तथा पुरा सबै कामदारले विदेश जानुअघि श्रम स्वीकृति निकाल्दा वा नवीकरण गर्दा उक्त एनओसी अनिवार्य सम्बन्धित कम्पनीको आधिकारिक इमेलबाट श्रम कार्यालय, काठमाडौँको इमेल ठेगाना [email protected] मा पठाउनुपर्ने हुन्छ । नेपालबाट महामारीको समयमा रोजगारीमा जान सरकारले सम्बन्धित कम्पनीबाट कामदारको नाममा नो अब्जेक्सन सर्टिफिकेट पाएपछि मात्र श्रम स्वीकृति दिन्छ । 


गत भदौ १७ गते बैदेशिक रोजगार बिभागले एक सूचना जारी गर्दै म्यानपावर कम्पनी मार्फत विदेश जान श्रम स्वीकृति लिनको लागि गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको ‘नो अब्जेक्सन लेटर’ नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने सुचित छ । तर व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरुको हकमा भने दुतावासले प्रमाणीकरण गर्नुपर्दैन । सिधै कम्पनीले आधिकारिक इमेल मार्फत श्रम कार्यालयको माथि तोकिएको इमेलमा इमेल पठाए पुग्छ । 

श्रम कार्यालयमा सम्बन्धित कम्पनीबाट आएको इमेलको आधारमा कामदार श्रम कार्यलयमा पुगी, भ्यालिड भिषा, पासपोर्ट, कम्पनिसँगको सझौता पेपर देखाई नयाँ श्रम स्वीकृति लिन वा बिदामा आएको भए नवीकरण गराउन सक्छ । 

कम्पनीले श्रम कार्यालयमा पठाउने NOC को फरम्याट कस्तो हुन्छ ? हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता