२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट अवैधानिक श्रमिकले नेपाल फर्कन के-के गर्ने ? कति लाग्छ ?

२०७७, ३० मंसिर मंगलवार १५:५१

मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन्।

अवैधानिक व्यक्तिहरु फर्कने कार्यक्रम (Return Recalibration Programme) भनेको के हो ?

यस कार्यक्रम अनुसार अवैधानिकरुपमा रहेका व्यक्तिहरु घर फर्कनको लागि अध्यागमन कार्यालयमा गई मलेसियन रिंगिट पाँच सय (RM500) सम्मको जरिवाना तिरेर घर फर्कन पाईन्छ।

यस कार्यक्रम अनुसार घर फर्कने प्रक्रिया के हो? अध्यागमन विभाग/कार्यालयको अपोईन्टमेण्ट लिनको लागि के गर्ने?

- आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट तयारी राख्‍ने ।

- मोवाईल वा कम्प्युटरमा ईण्टरनेट ब्राउजर (Google/Firefox आदि) खोल्ने।

- https://sto.imi.gov.my क्लिक गर्ने।

- आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने।

- PROGRAM REKALIBRASI PULANG छान्ने।

- उपयुक्त Date छान्ने।

- सबै विवरण भरेपछि Submit गर्ने र Confirmation प्रिन्ट गर्ने। मोवाईलमा भए Screenshot लिने र प्रिन्ट गर्ने।

अपोईन्टमेण्ट लिएको मितिमा अध्यागमन विभाग/कार्यालयमा के के आवश्यक पर्छ?

- आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट र सो को प्रतिलिपि।

- कोभिड१९ परीक्षण गरिएको पिसिआर रिपोर्ट।

- १४ दिन भित्र जाने गरी काटिएको हवाई टिकटको प्रतिलिपि।

- Appointment Confirmation को प्रिन्ट कपी।

- ५०० रिंगिट बैंक कार्डबाट तिर्ने व्यवस्था।

थप जानकारी वा राजदूतावासको सहयोग आवश्यक परेमा के गर्ने?

टेलिफोन नम्बरः ०३२०२०१८९८/०३२०२०१८९९ | ०३२०२०१९०१ (श्रम शाखा)

हटलाईन नम्बरः ०१६२४७२७७७

ईमेलः [email protected]/[email protected]

वेभपेजः  https://my.nepalembassy.gov.np/

ठेगानाः Wisma Paradise (Level 1, 3 and 9), No. 63 Jalan Ampang, 50450 Kuala Lumpur, Malaysia


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ