२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट अवैधानिक श्रमिकले नेपाल फर्कन के-के गर्ने ? कति लाग्छ ?

३० मंसिर २०७७, मंगलवार १५:५१

मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन्।

अवैधानिक व्यक्तिहरु फर्कने कार्यक्रम (Return Recalibration Programme) भनेको के हो ?

यस कार्यक्रम अनुसार अवैधानिकरुपमा रहेका व्यक्तिहरु घर फर्कनको लागि अध्यागमन कार्यालयमा गई मलेसियन रिंगिट पाँच सय (RM500) सम्मको जरिवाना तिरेर घर फर्कन पाईन्छ।

यस कार्यक्रम अनुसार घर फर्कने प्रक्रिया के हो? अध्यागमन विभाग/कार्यालयको अपोईन्टमेण्ट लिनको लागि के गर्ने?

- आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट तयारी राख्‍ने ।

- मोवाईल वा कम्प्युटरमा ईण्टरनेट ब्राउजर (Google/Firefox आदि) खोल्ने।

- https://sto.imi.gov.my क्लिक गर्ने।

- आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने।

- PROGRAM REKALIBRASI PULANG छान्ने।

- उपयुक्त Date छान्ने।

- सबै विवरण भरेपछि Submit गर्ने र Confirmation प्रिन्ट गर्ने। मोवाईलमा भए Screenshot लिने र प्रिन्ट गर्ने।

अपोईन्टमेण्ट लिएको मितिमा अध्यागमन विभाग/कार्यालयमा के के आवश्यक पर्छ?

- आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट र सो को प्रतिलिपि।

- कोभिड१९ परीक्षण गरिएको पिसिआर रिपोर्ट।

- १४ दिन भित्र जाने गरी काटिएको हवाई टिकटको प्रतिलिपि।

- Appointment Confirmation को प्रिन्ट कपी।

- ५०० रिंगिट बैंक कार्डबाट तिर्ने व्यवस्था।

थप जानकारी वा राजदूतावासको सहयोग आवश्यक परेमा के गर्ने?

टेलिफोन नम्बरः ०३२०२०१८९८/०३२०२०१८९९ | ०३२०२०१९०१ (श्रम शाखा)

हटलाईन नम्बरः ०१६२४७२७७७

ईमेलः [email protected]/[email protected]

वेभपेजः  https://my.nepalembassy.gov.np/

ठेगानाः Wisma Paradise (Level 1, 3 and 9), No. 63 Jalan Ampang, 50450 Kuala Lumpur, Malaysia


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट