५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर २७ म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा, कुन कम्पनीको शाखा कहाँ छ ? (सूचीसहित)

२३ पुष २०७७, बिहीबार ०७:४६

पुस २३, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाऊन हाल ८ सय ५४ म्यानपावर कम्पनीलाई संचालन अनुमति दिएको छ। संचालन अनुमति पाएका यी म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर मात्र आफ्ना शाखा कार्यालय खोल्न पाउनेछन् ।

संस्थागत रुपमा इजाजतपत्र लिएर वैदेशिक रोजगारीका लागि काम गर्ने म्यानपावर कम्पनी मात्र नभएर सानो कोठामा म्यानपावर शाखा हो भन्दै युवाहरुको पासपोर्ट कलेक्सन गर्ने देखि रकम लिनेसम्म यस्तै अवैध कार्यालयबाट हुने गर्दछन् । यस्ता गतिविधि न्यूनीकरण गर्नको लागि कुन संस्था आधिकारिक हो या होइन बुझ्नुपर्ने हुन्छ ।

सरकारले एजेन्ट व्यवस्था खारेज गरिसकेको छ तर पहिले एजेन्ट भएर काम गरेका तिनै व्यक्तिहरुले अहिले पनि म्यानपावर कम्पनीका नाममा देशका विभिन्न भागमा अवैध कार्यालय संचालन गरिरहेका गुनासा पनि आउने गरेका छन् । तर विभागले सार्वजनिक गरेको पछिल्लो अपडेट अभिलेख अनुसार २७ म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा रहेको पाइएको छ । तसर्थ यी कार्यालय बाहेक अन्य ठाउँबाट वैदेशिक रोजगारीका लागि प्रक्रिया शुरु गर्नु, पासपोर्ट संकलन गर्नु, लेनदेन गर्नु गैरकानूनी हो । 

आधिकारिक शाखा कार्यालय बाहेक कुनै अन्य शाखा वा एजेन्ट कार्यालय देख्नुभएमा वैदेशिक रोजगार विभागको टोल फ्रि नं : १६६००१०९९९९ / ०१-४७८२६२१ नम्बरमा उजुरी तथा गुनासो टिपाउन सकिनेछ । 

म्यानपावर कम्पनीका शाखा कार्यालयहरुको विवरण



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता