२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

ट्र्याक्टरले किच्दा २३ वर्षीय युवकको मृत्यु

२२ चैत्र २०७९, बुधबार ०५:१९

चैत २२, ढोरपाटन | बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो ।

बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताउनुभयो । 

ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले पार्किङ गरी राखिएको लु६३प ९०९ नंको स्कुटर च्याप्दा पूर्णरूपमा क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो