११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

आठ वर्षमा रामपुर अस्पताल निर्माण

२७ चैत्र २०७९, सोमबार ०६:०७

चैत २७, रामपुर (पाल्पा | पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ ।

नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन् । यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताउनुहुन्छ ।


“पचास शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडौैँ, चितवन जानुपर्ने बाध्यता बन्यो”, उहाँले भन्नुभयो, “भवनको संरचना तयार भएको हुदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ ।”    

एक हजार सात सय वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवनसहितको संरचना भ्याटबाहेक रविना कन्ट्रक्सन प्रालि काठमाडौँले २०७२ कात्तिक १७ गते सम्झौता गरी रु २० करोड दुई लाखको लागतमा भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७२÷७३ को पुसदेखि  निर्माण कार्य सुरु गरिएको सो भवन कोभिड–१९ को असरले गर्दा धेरै समय लम्बिन पुग्यो ।  

अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले पचास शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढङ्गले सेवा प्रवाह गर्ने जानकारी दिनुभयो । 

पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ । सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ । हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिदो छ । यहाँ दैनिक  तीन सय बढी बिरामीले सेवा लिइरहेका छन् ।   

सडक सुविधाले गर्दा रामपुर चार जिल्लाको केन्द्रमा जोडिएसँगै अन्यत्र जाने नागरिक हिजोआज रामपुर अस्पतालमै उपचारमा आउने क्रम बढेकाले सेवाको दायरा फराकिलो बनाउँदै कर्मचारी व्यवस्थापन गरी विशेषज्ञ सेवा दिने तयारीमा रहेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ ।   

“भवन अभावमा विशेषज्ञ सेवा सुरु गर्न सकिएको थिएन, अब संरचना तयार भएको छ, विशेषज्ञ सेवा सञ्चालन गरेर प्रभावकारी सेवा दिने तयारीमा छौँ”, उहाँले भन्नुभयो । पाल्पा सदरमुकाम तानसेन देखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ । 

सो समस्याको उपचारका लागि यसअघि सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पूर्वाधार निर्माण अब स्तरीय सेवा कसरी दिने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुहुँदै यस अस्पताल रामपुरमा मात्रै नभई गण्डकी बेँसी क्षेत्रका नागरिकको लागि प्रत्यक्ष भूमिका खेल्ने अस्पताल रहेकाले नगरपालिकाबाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताउनुहुन्छ ।     

प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेकाले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउनुपर्ने, रामपुर अस्पताल पालिकास्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

नयाँ भवनको तल्लो तलामा हाल ओपिडी सेवा प्रवाह भइरहेको छ । विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान तथा व्यवस्थापनको काम अस्पतालमा भइरहेको छ । पचास शय्याको अस्पताल भएकाले यहाँ नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको उक्त अस्पतालको २०७२ सालमा ५० शय्यामा स्तरोन्नति गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर)