२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

अनलाइन श्रमस्वीकृति गरिदिने भन्दै बिदेशमा रहेका नेपालीहरुलाई नेपालबाट ठगि

२५ बैशाख २०८०, सोमबार १३:४०

वैशाख २५, काठमाडौँ । सरकारले स्थानीय निकायबाटै वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई श्रम-स्वीकृति लिन सहयोग गर्ने घोषणा गरेपनि युवाहरु भने अनलाइन श्रम स्वीकृतिका नाममा ठगिईरहेका छन् । वैदेशिक रोजगारको श्रम गर्न अहिले अनलाइनबाटै मिल्छ । तर धेरैलाई श्रम गर्दा लाग्ने वास्तविक खर्च कति हो भन्ने जानकारी नहुँदा ठगि भईरहेको छ । 

यता वैदेशिक रोजगारका क्रममा हाल कतारमा कार्यरत एक नेपाली श्रम स्वीकृतिको लागि अरुको भरमा पर्दा ठगिएका छन् । 'नेपाल डकुमेन्ट' भन्ने फेसबुक आइडी संचालन गरेर अनलाइन श्रम-स्वीकृति दिलाईदिने प्रलोभनमा पर्दा आफू ठगिएको ति युवाले बताए । ठगि गर्नेले ९७६५७११४१० नम्बरको इसेवा आइडी प्रयोग गरेर ठगि गरेको पाइएको छ । जसमा पैसा लिने इसेवा प्रयोगकर्ताको नाम सरिता बुढाथोकी उल्लेख छ । कतारमा रहेर ठगिएका ति नेपालीका अनुसार अनलाइन श्रम स्वीकृति गरिदिन भनि ८००० पठाएको तर पैसा लिएपछि अनलाइन श्रम स्वीकृति गरिदिने भन्दै पैसा लिएका व्यक्ति सम्पर्क बिहिन भएको बताउँछन् । उनले आफूले झैँ अरु यस्तो ठगीमा नपरुन् भन्नको लागि यो विषय सार्वजनिक गर्न उचित ठानेको बताउँछन् । उनले आफू विदेशमा रहेर नेपालमा अनलाइन श्रम स्वीकृति गराईदिञ्छु भन्नेको प्रलोभनमा ठगिएको बताए । 

ठगिएका ति नेपालीले वास्तवमा अनलाइन श्रम स्वीकृतिको लागि तिर्नु पर्ने रकम २.५ बर्षको म्यादी जीवन विमाको रु ३७०८ र कल्याणकारी कोषको रु १५०० हो । उनको श्रम गर्दा लाग्ने कुल खर्च ५२०८ हुन आउँछ । तर श्रम गर्छु भन्नेले आठ हजार अशुली गरेको पाइएको छ । त्यसो त आठ हजार बुझाएर पनि उनको श्रमस्वीकृति नहुँदा उनि ठगिएका छन् । 

अनलाइन श्रम स्वीकृति गर्दा कति तिर्नुपर्छ, धेरैलाई थाहा छैन

श्रम स्वीकृति अनलाइनबाट गर्न सकिन्छ र आफैले गर्न सकिन्छ भन्ने जानकारी धेरैलाई भएपनि कसरी गर्ने भन्ने धेरैलाई जानकारी छैन । २/३ बर्षमा एक पटक गर्नुपर्ने कुरा भएको कारण कसरी गर्न सकिन्छ भन्ने जान्ने चाहना धेरैलाई छैन । त्यसो त आफैले गर्दा झन्झटिलो हुन्छ भन्ने बुझेर धेरैले अन्लैन श्रम स्वीकृति गर्दा अरुकै भर पर्ने गरेका छन् । त्यसरी भरपर्दा कसैले पैसा लिएर काम नगर्ने त गरेपनि मनोमानी ढंगले रकम लिने गरेको गुनाशो आइरहेको छ । 

वैदेशिक रोजगार कार्यालयले अनलाइन श्रम स्वीकृतिको लागि कसैले सहयोग गर्दा बढीमा तीन सय भन्दा बढी सेवाशुल्क लिन नपाउने तोकेको छ । आफैले गरे सेवाशुल्क लाग्दैन । 

अनलाइन श्रम स्वीकृति लिंदा म्यादी जीवन विमा र कल्याणकारी कोषलाई रकम तिर्नुपर्छ । त्यसरी तिर्नपर्ने रकम उमेर अनुसार र विमा गरेको अवधिको आधारमा फरक पर्छ । साथै बिमा संगै वैदेशिक रोजगारमा जान कल्याणकारी कोषमा रु एक हजार ५०० तिर्नुपर्ने नियम छ । 

सामान्यतया वैदेशिक रोजगारमा जानेहरुले नियमानुसार २.५ बर्षको प्रिमियममा विमा गर्नु पर्ने नियम छ । त्यसरी बिमा गर्दा १८ देखि ३५ बर्षसम्मकाले ३७०८ रुपयाँ, त्यस्तै ३६ बर्षदेखि ५० बर्षसम्म उमेर भएकाहरुले ४९३१ रुपयाँ र ५१ बर्ष भन्दा बढी उमेर भएकाहरुले ९४६३ रुपयाँ तिर्नुपर्ने हुन्छ । तर हाल सरकारले दुई बर्ष भन्दा बढी समयको लागि समेत श्रमस्वीकृति दिने भएको कारण त्यसै अनुसार श्रम अवधिको अनुसार शुल्क तिर्नुपर्ने हुन्छ जसको मूल्य सुची तल उल्लेख गरे बमोजिम लाग्छ । 


यसका अलावा अनलाइनबाटै श्रम स्वीकृति गर्दा आवश्यक पर्ने अर्को शुल्क कल्याणकारी कोषको रहेको छ । वैदेशिक रोजगारमा रहेकाहरुले कल्याणकारी कोषमा थप रु १५०० बुझाउनुपर्ने नियम छ । यदि २ बर्ष भन्दा बढी समयको श्रम स्वीकृति लिएको हो भने १५०० मा थप १००० रुपयाँ लाग्ने नियम छ । 

वैदेशिक रोजगारमा जान चाहने तथा गएका सबै नेपाली युवाहरुलाई अनलाइनबाटै श्रम स्वीकृति लिन नआउने अवस्थामा साइबर तथा कुनै एजेन्ट कार्यालयले सहयोग गरिदिन सक्ने समेत नियममा छ । यसरी सहयोग गर्दा सहयोग गरिदिनेले रु ३०० भन्दा बढी लिन पाइदैन । त्यसरी लिएको प्रमाण सहित उजुरी दिए लिनेलाई कारवाही हुने वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो