२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

तुल्सीपुरमा ‘सीमान्त गुरु’ लाई भेट्न सर्वसाधारणको घुइँचो, प्रशासनले लगायो रोक

७ जेष्ठ २०८०, आईतवार ०७:२५

जेठ ७, काठमाडौँ | काठमाडौंको ‘क्लिनिक’ बन्द गरेर दाङ पुगेका ‘सीमान्त गुरु’ उर्फ भरत भट्टराईलाई सर्वसाधारणसँग भेट्न रोक लगाइएको छ । दाङको तुल्सीपुरमा आज आयोजना गरिएको कार्यक्रम अत्यधिक भिडका कारण प्रशासनले रोकेको हो ।

हेरेर वा छोएरै बिरामीहरू निको पार्ने दाबी गर्दै आएका केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिशेद्धेश्वरी मन्दिरमा ‘सर्वसाधारणलाई भेट्ने’ कार्यक्रम राखेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जिल्ला प्रशासनबाट आदेश भएअनुसार कार्यक्रम रोकिएको जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उपचार गराउने बहानामा मन्दिर जस्तो पवित्र सार्वजनिक स्थलमा भिडभाडयुक्त कार्यक्रम गरिएकाले रोक्नु परेको बताए ।

केसीको काठमाडौंको तारकेश्वर नगरपालिका –७ स्थित ‘ज्योतिष केन्द्र’ पनि थाम्न नसक्ने भिडका कारण अस्तिबाट प्रहरीले बन्द गराएको थियो । त्यसपछि उनी दाङ आएर एक घर भाडामा लिएर बस्दै आएका छन् ।

अलौकिक मनोवैज्ञानिक क्षमताको ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिए लगत्तै मानिसहरू बिहानै मन्दिर परिसरमा लाइनमा बसेका थिए । जिल्ला बाहिरका केही मानिसहरूले आफूहरू शनिवार नै तुलसीपुरका होटेलहरूमा आएर बसेको बताए ।

सोही स्थानमा भेटिएका एक जना पुरुषले भने यो सबै ढोङ मात्रै भएको तथा उपचारको बहाना ठगी धन्दा चलाइएको हुँदा ज्योतिष केसीमाथि कारबाही हुनुपर्ने माग गरेका थिए । तर, त्यहाँ लाइनमा बसेका अधिकांशले भने ज्योतिष केसीलाई भगवानको संज्ञा दिँदै उपचार गराउन पाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो