भोलिदेखि उपत्यकाका सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क, कुनमा कति ?

Posted on: 28 Jun, 2023

असार १३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि (बिहीबार)देखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।   

आठवटा ठुला सरकारी अस्पतालमा गरी अब बिरामीले दुई हजार २८ वटा बेड निःशुल्क पाउने भएका छन् । जनरल बेड नि:शुल्क भए पनि क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क तिनुपर्ने छ । निःशुल्क उपचार पाउन स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतले बिस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिए । शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले उक्त निर्णय सबै अस्पतालले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

कुन अस्पतालमा कति बेड निःशुल्क ?

वीर अस्पताल – ७००

कान्ति बाल अस्पताल – २४८

शुक्रराज  ट्रपिकल तथा सरुवा रोग अस्पतमा  –६०

परोपकार प्रसूति गृह – ४५० 

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र – ९०

राष्ट्रिय ट्रमा सेन्टर – १५०

कोसी अस्पताल – ३३०


यस बिषयमा तपाइको प्रतिक्रिया...!