२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

गरिब बिरामीलाई नि:शुल्क शय्या उपलब्ध नगराउने अस्पताल चल्न दिनौं: स्वास्थ्यमन्त्री बस्नेत

२०८०, १८ असार सोमबार १०:०५

असार १८, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले नि:शुल्क शय्या उपलब्ध गराउन थालेको बताएका छन्।

वीर अस्पतालमा ७ सय, कोशी अस्पतालमा ३ सय ३०, कान्ति बाल अस्पतालमा २ सय ४८, ट्रमा सेन्टरमा १ सय ५०, शहिद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या नि:शुल्क उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ छ।

‘अस्पतालहरूले सरकारसँग स्वीकृति लिँदा नै १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने सहमति गरेका छन्, त्यसअनुसार गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या नि:शुल्क उपलब्ध गराउन सुरू गरिसकेका छन्,’ सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले भने।

२२ जिल्लाका विपन्न नागरिकले कार्ड देखाएर र अन्य जिल्लाले वडाको सिफारिस देखाएर अस्पतालहरूमा नि:शुल्क शय्या सुविधा लिन सक्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाइ छ।

‘नि:शुल्क शय्या उपलब्ध नगराउने अस्पतालहरूलाई चल्न दिनौं, नवीकरण पनि हुँदैन,’ उनले भने, ‘कुनै अस्पतालले कार्यान्वयन गरेनन् भने खबर गर्नुहोला। म पनि अस्पतालहरू अनुगमन गर्दैछु।’

स्वास्थ्यमन्त्री बस्नेतका अनुसार थप संघीय सरकार मातहत रहेका अस्पतालमा पनि नि:शुल्क शैय्या उपलब्ध गराउनेबारे छलफल भइरहेको र प्रदेश सरकार मातहत अस्पतालमा पनि यो सेवाका सुरू गर्नेबारे छलफल अघि बढेको छ।

‘केही अस्पतालमा आर्थिक भार पर्न सक्छ, त्यसो भए स्वास्थ्य मन्त्रालयले ब्यहोर्छ,’ उनले भने, ‘गरिब र विपन्न भएकोले कसैले अब उपचार नपाएर मर्न पर्दैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते