२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

मोरङमा डाक्टरमाथि हातपात गर्ने एकजना पक्राउ

२९ भाद्र २०८०, शुक्रबार १०:३०

भदौ २९, विराटनगर | मोरङको सुन्दरहरैंचामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात भएको छ ।

सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि दुर्व्यवहार र कुटपिट भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विपिन यादवका अनुसार डा. पोखरेलमाथि बूढीगंगा गाउँपालिका-७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात र दुर्व्यवहार गरेका हुन् ।


बुबालाई उपचार गराउन आएका उपचार नगरीदिएको भन्दै डाक्टरमाथि बिहीबार हातपात गरेका हुन् । ज्वरो आएपछि उनका बुबा तारिणीप्रसाद माझीलाई उपचारका लागि बिहीबार माझीले अस्पताल पुर्याएका थिए ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी (बहिरंग सेवा) बन्द थियो । तारिणीलाई दिउँसो १२ः३० बजेतिर इमर्जेन्सी (आकस्मिक कक्ष)मा नै भर्ना गरेर उपचार सुरु गरियो ।

आकस्मिक कक्षमा खटिएका डा. पोखरेलले चेकजाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी छोरा शुक्रराजलाई गराएका थिए । त्यसलगत्तै गालीगलौजमा उत्रिएर शुक्रराजले चिकित्सकलाई दुव्र्यवहार र हातपात गरेको मेसु यादवले बताए ।

चिकित्सकमाथि दुर्व्यवहार र हातपात गर्ने शुक्रराजलाई घटनालगत्तै इलाका प्रहरी कार्यालय हरैंचाले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ