२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

देशभरका स्वास्थ्य संस्था सञ्चालनमा

१ आश्विन २०८०, सोमबार ०६:५५

असोज १, काठमाडौँ | नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वस्थ्य संस्थाका बहिरंग सेवा (ओपीडी) सञ्चालनमा आएका छन् । सरकार र संघबीच ६ बुँदे सहमति भई आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सञ्चालनमा आएको हो ।

सहमति भएसँगै देशभरका स्वास्थ्य संस्था सञ्चालनमा आएको संघका महासचिव डा.सञ्जिव तिवारीले जानकारी दिए ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार आइतबार देशभरका सरकारी र निजीसहित १० हजार १३९ स्वास्थ्य संस्थाबाट करिब ६० हजार बिरामीले स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका थिए ।


भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा बिरामीको उपचार गरिरहेको अवस्थामा डा.विकास थापा र डा प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए । सोही घटनालाई दिएर संघले आन्दोलन थालेको थियो । 

संघले ओपिडी सेवा बन्दको आह्वान गरेपछि हजारौं बिरामी उपचारबाट बञ्चित भएका थिए ।  डाक्टरमाथि आक्रमण गर्ने ४ जना पक्राउ परेका छन् भने पाँच जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।

आक्रमणमा संलग्नलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र अन्य संलग्न व्यक्तिलाई पक्राउ गर्ने लगायतका सहमति भएपछि ओपीडी सेवा सुरु भएको डा.तिवारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ