२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

११ आश्विन २०८०, बिहीबार ०७:४६

असोज ११, काठमाडौँ | नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएका छन् । सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।  

धादिङ जिल्लामा ३ हजार ३६ सङ्क्रमित भएका छन् भने झापामा २ दुई हजार ७६७ जनामा सङ्क्रमण पुष्टि भएको  छ ।   त्यस्तै, मोरङमा २ हजार २६६ तनहुँमा ५७९ कास्कीमा ९०७, सङखुवासभा ४४७, धनकुटामा ४३२ र कैलालीमा ३९४ जनामा संक्रमण पुष्टि भएको छ । 

कुन प्रदेशमा कति सङ्क्रमित  ?

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २२ हजार ५४० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ४६० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा १ हजार ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८९८, मधेस प्रदेशमा ५६७, लुम्बिनी प्रदेशमा ५०६ र कर्णाली प्रदेशमा ८७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ