२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

दालमोठ र भुजियाले शरीरलाई हानि मात्र गर्छ

२९ आश्विन २०८०, सोमबार ०८:३१

असोज २९, काठमाडौँ | दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ ।

चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ । पकाइरहन नपर्ने, मीठो पनि त्यसैले हत्तपत्त खानको लागि यो सजिलो पनि हुन्छ ।

तर यति धेरै यसको उपभोग भए पनि स्वास्थ्यमा भने कस्तो असर पार्छ भन्ने कुरामा भने आम मानिसले हेक्का राखेको पाइँदैन । दालमोठ र भुजियाले शरीरलाई हानि मात्र गर्छ, फाइदा केही पनि गर्दैन । किनकि यसमा शरीरलाई चाहिने कुनै पनि प्रकारको पोषक तत्व हुँदैन । यसमा  शरीरलाई हानि पुर्‍याउने तत्व ट्रान्स फ्याट, हाइ क्यालोरी, सोडियम अत्यधिक मात्रामा हुन्छ ।


यसमा हुने ट्रान्स फ्याट अर्थात् सरल भाषामा नराम्रो चिल्लो पदार्थ हो । यसले धमनीहरुको भित्री भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरो बनाउने गर्छ । यसले गर्दा रक्तसञ्चारमा अवरोध ल्याउने र रगत जम्ने सम्भावनालाई बढाउँछ, जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ ।

यसले रगतमा खराब कोलेस्टेरोलको मात्रालाई बढाउँछ । जसले गर्दा युवावस्थामै मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलामा स्तन क्यान्सरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब पाँच लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ ।

अर्को यसमा उच्च क्यालोरी हुन्छ । जसले थोरै खाए पनि ऊर्जा बढी दिन्छ । तर शरीरमा चाहिने प्रोटिन भने हुँदैन । यसले गर्दा उच्च क्यालोरी भएको खानेकुरा बढी सेवन गर्दा प्रोटिनको कमीले मोटोपन बढ्ने तर कुपोषण हुने जोखिम हुन्छ । त्यस्तै दालमोठ वा भुजियामा सोडियमको मात्रा अत्यधिक मात्र हुन्छ । यसले मस्तिष्क, धमनी र मुटुमा असर गर्छ ।

दालमोड र भुजिया धेरै खाँदा घुँडा र हातखुट्टा सुन्निने, मिर्गौलामा पत्थरीको जोखिम, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्या समेत हुन सक्छ । यसबाट बुढेसकालमा स्मरण शक्तिमा ह्रास आउने समेत हुन सक्छ । विभिन्न अंगमा पानी जम्ने समस्या पनि हुन सक्छ । बढी नुन भएको खाना सेवन गर्नाले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने गर्छ । यसबाहेक पेट दुखाइ, पेट फुल्ने, ग्यास्ट्रिक, पखाला र कब्जियतलगायत समस्या हुन्छ ।

उच्च रक्तचाप, कब्जियत, अल्सर वा कुनै पेटसम्बन्धी समस्या भएमा, शल्यक्रिया गरेको वा कुनै जटिल रोग भएमा खानु हुँदैन । यदि इरिटेबल बोवेल सिन्ड्रोम अर्थात् एकैछिनमा कब्जियत र पखाला हुने समस्या भएकाले पनि यी कुरा नखाएकै राम्रो हुन्छ । किनकि यसले रोगलाई अझ जटिल बनाउन सक्छ ।

दालमोठ र भुजिया खानै पर्ने भएमा अन्य पोषण र फाइबरयुक्त खानेकुरासँग थोरै मिसाएर खानु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ