२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !

२०८०, २० पुष शुक्रबार ०८:५९

पुस २०, दैलेख | गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन् ।

चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट फकाउने’ माध्यम मात्र बनेको छ । तीनै तहका सरकारले बेरोजगारीलाई दिने रोजगारको आश्वासन विपन्न परिवारका लागि नभएर पहुँचवालाकै हालीमुहाली छ ।

गाउँमा भनेजसो रोजगारी नपाउँदा बेरोजगार पुरुष पराइ देश जान बाध्य छन् । नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारसँगै बेरोजगारलाई गाउँमै रोक्ने योजना छैन । सोही कारण दैलेख जिल्लाका अधिकांश गाउँपालिका पुरुषविहीन बनेका छन् ।


गाउँमा रोजगारी अवसर नहुँदा ती गाउँका पुरुष गाउँमै बालबच्चा छोडेर मुग्लान लागेका छन् । जीवनयापनका लागि मुग्लान हानिएका बेरोजगार कोही ६ महिना मुग्लानमै बिताइ जहान परिवारलाई जिउ ढाक्ने एकसरो कपडा र केही रकम लिएर गाउँ फर्किन्छन् ।

ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र गाउँमा भेटिने गरेका छन् । सुदूर र कर्णाली प्रदेशका पालिकामा नागरिकको नियति यस्तै बनेको छ ।

गाउँमा कलकारखाना उद्योगधन्दा नहुँदा बाध्य भएर मुग्लान जानुपरेको भैरवी गाउँपालिका–७ का डब्बलबहादुर मल्ल बताउँछन् । ‘गाउँमा कतै उद्योगधन्दा छैनन्, जहान परिवार पाल्न भारत जानैप-यो । ‘गाउँ सरकारले सडक निर्माणमा डोजर प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘हाम्रो रोजगारी डोजरले खोसिदिएकाले मुग्लान जान सरकारले नै बाध्य बनाएको हो ।’

खेतीपातीले छाक टार्न नपुग्ने हुँदा पुरुष बिदेसिनुपरेको सोही वडाकी भैरवी गाउँपालिका–७ भाटीचौरकी मन्धरा मिजारको भनाइ छ । सधैं घरायसी काममा व्यस्त रहने महिला घरमा पुरुष नहुँदा सामाजिक कामको बोझ पनि उनीहरूमाथि नै थपिएको उनले बताइन् ।

‘गाउँमा कोही बिरामी हुँदा शुभअशुभ काममा समेत महिला नै जानुपर्छ, पुरुष मुग्लान छन्, हामी महिला नगई क्या गन्र्या,’ उनले थपिन्, ‘स्थानीय सरकारले गाउँमा उद्योग आर्यआर्जनका काम गरिदिए पुरुष पनि गाउँमै बसन्या थियाँ ।’

सिंहदरबार गाउँमा आए पनि स्थानीयले त्यसको अनुभव लिन पाएका छैनन् । गाउँका सडक खन्न डोजर प्रयोग हुन थालेपछि गरिब नागरिकले भारतकै भरमा जीवन गुजार्नुपर्ने बाध्यता छ ।

कामकै लागि पुरुष गाउँ छोडेर बाहिर जानुपरेको ठाटीकाँध गाउँपालिका–२ का वडाध्यक्ष प्रेम रामजाली बताउँछन् । ‘गाउँमा पुरुष छैनन्, पुरुष नहुँदा भनेजसो विकास हुन सकेको छैन,’ उनले भने, ‘हाम्रो पालिकाले आउने बजेटमा बेरोजगारीलाई कम गर्न रोजगारीका काम ल्याउनेछ ।’

भारतमा मजदुरी गर्न गएका नागरिकको कर्णाली प्रदेश र सुदूरपश्चिमका कुनै पनि पालिकामा तथ्यांक छैन । कोभिड–१९ का बेला दैलेखमा दैवीप्रकोप समितिले ४२ हजार जिल्ला आउने अनुमान गरे पनि २५ हजार नागरिक खाडीमुलुक र भारतबाट फर्किएका थिए । गाउँमै बेरोजगारलाई स्थानीय सरकारले विभिन्न सीपमुलुक र आयआर्जनका काममा लगाई रोजगारीका अवसर दिए खाडीमुलुक वा मुग्लान जाने पुरुषमा कमी आउने जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी