२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

काठमाडौंका नदीबाट महानगरले निकाल्यो २२४८ टन फोहोर

२०८०, १८ चैत्र आईतवार १०:५२

चैत १८, काठमाडौँ । काठमाडौं महानगरपालिकाले पछिल्लो पाँच महिना (कात्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलबहाब क्षेत्रबाट २ हजार २ सय ४८ टन फोहोर निकालेको छ ।

यसका लागि ७ हजार ६ सय ९४ जनशक्ति परिचालन गरिएको महानगरले जनाएको छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोत प्रयोग गर्नुपर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो ।

वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार आवश्यकताका आधारमा एक्स्काभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।


महिनागत हेर्दा कात्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७ सय ३१, १ हजार १ सय २६, ७ सय २५ र ७ सय १२ जनशक्ति परिचालन भएका छन् । यी जनशक्ति श्रम बैंकबाट लिइएका हुन् ।

योजनाका फोकल पर्सन एवम् महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनामा क्रमशः ८ सय ४६, ८ सय ४६, २ सय ७१, १ सय ४४, १ सय ७१ र १ सय ४१ टन फोहोर निकालेर व्यवस्थापन गरिएको छ ।

योजना कार्यान्वयन गर्ने क्रममा ३० असोजदेखि नदी किनाराको सरसफाइ थालिएको हो । २० फागुनदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको महानगरले जनाएको छ ।

गत १ मंसिरदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरूलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थल सफाइमा खटाइएको श्रेष्ठले बताए ।

सफाइ क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक छ । त्यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न फोहोर भेटिने गरेको छ ।

धोबीखोला सफाइ सुरु

आज रुद्रमती (धोबीखोला) र बागमती नदी दोभानबाट रुद्रमती शिरतर्फ सफाइ सुरु भएको छ । श्रम बैंकबाट लिइएका ५५ जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।

सफाइ गर्ने कार्यक्रम सञ्चालन भएसँगै नदीमा फोहोर नफाल्न आसपास क्षेत्रमा प्रचारात्मक कार्यक्रम पनि गर्नुपर्ने अवस्था छ । सफाइमा सहभागी वडा नम्बर ११ का अध्यक्ष एवम् महानगरपालिकाको भवन व्यवस्था समिति संयोजक हिरालाल तण्डुकारले भने, ‘नबुझेर फोहोर फाल्नेको संख्या कम छ । बुझेर फोहोर फाल्नेमाथि विशेष निगरानी रहने छ ।’

काठमाडौंमा मुख्य नौ वटा नदी छन् । तीमध्ये बागमतीको पहिलेदेखि सफाइ भइरहेकाले महानगरपालिकाले बागमती सफाइ योजना बनाएको छैन ।

यसबाहेक विष्णुमती, रुद्रमती, मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुसी, कर्खुसी (बाफल) र भचाखुसी (स्वयम्भू, शोभा भगवती) सफाइ योजना छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति