९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल

११ पुष २०८१, बिहीबार १३:०३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ ।

बिहीबार नेपाल हेल्थ कन्क्लेभ २०२४ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्रमिक रुपमा नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख भइ अगाडि बढीरहेको बताएका हुन्।

उनले भने ,‘स्वास्थ्य प्रणाली सुधारका निम्ती थुप्रै विषयहरु छन्। नेपालले संसारमा अरु देशले नगरेका उपलब्धिहरु कति विषयमा गरेको छ। क्रमिक रुपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ। तर नेपाली जनतालाई अनुभूति गर्नेगरी आम नेपालीलाई सेवा प्रदान गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौं।’

यसैगरी उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्ने बताए। उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरु भएपनि नेपाली जनतालाई अनुभूति गर्नेगरी समस्याहरुको पहिचान गर्नुपर्ने बताए।

उनले भने, ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्छ। नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउन के कुराले समस्या गर्‍यो? बाहिर रहेका नेपालीहरु यहीँ जन्मिनु भएको हो। यही प्राथमिक शिक्षा आर्जन गर्नु भएको हो। उहाँहरुको योग्यताको आधार र उत्कृष्ट क्षमता देखाइरहनु भएको छ। आफ्ने मातृभूमिप्रति अघात प्रेम समेटेर भावनामा बोकेर नेपाललाई योगदान गर्न कोसिस गरिरहनु भएको छ। त्यस आधारमा योग्यता, क्षमता र अनुभवले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नको निम्ती कसरी प्रयोग गर्न सकिन्छ? नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउन के कुराले समस्या पुर्‍यायो? फर्किएर नेपाल आउनका लागि के कुराले समस्या गर्‍यो? प्राप्त गरेको योग्यता र अनुभवलाई नेपालमा प्रयोग गर्न के कुराले समस्या गरायो त्यो समस्या पहिचान गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो