१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

खिजीदेम्बामा पाठेघर तथा स्तन क्यान्सर परीक्षण, ६८ मा जटिल समस्या

१३ जेष्ठ २०८२, सोमबार १४:१९

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको  खिजीदेम्बाका ९ स्थानमा सञ्चालन भएको पाठेघर तथा स्तन क्यान्सको स्क्रिनिङ र आङखस्ने समस्या पहिचान शिविरमा ६ सय ४५ जना महिलाले सेवा लिएका छन् । अस्पतालको पहुँचभन्दा टाढाको जिल्लाकै दुर्गममा पर्ने खिजीदेम्बा गाउँपालिकाका सबै नौ वटै वडामा निःशुल्क शिविर सञ्चालन भएपछि वर्षौँदेखि रोगसँग जुधिरहेका महिला लाभान्वित भएका छन् ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले वडा नं १ देखि ९ सम्मका ३० वर्ष भन्दामाथिका उमेर समूहका महिलाको निःशुल्क पाठेघर र स्तन क्यान्सरसँगसम्बन्धी परीक्षण शिविर आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएकामध्ये ६८ जनामा जटिल समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार शिविरमा वडा नं १ र २ बाट ९७ जना, वडा नं ३ बाट ९४ जना, वडा नं ४ बाट ५० जना र वडा नं ५ बाट १३० जनाले सेवा लिएका छन् । यस्तै वडा नं ६ बाट १२९ जना, वडा नं ८ बाट ८६ जना र वडा नं ९ बाट ५९ जना गरी जम्मा ६४५ जना महिलाले सेवा लिएका छन् ।

जेठ ५ गतेदेखि जारी शिविर वडा नं ७ मा आज १२ गते जारी छ । परीक्षण गरिएकामध्ये १९ जना पाठेघर खस्ने जटिल समस्या, ३३ जनामा भिआइए शङ्कास्पद अवस्था र १९ जनामा पाठेघरमा मासु पलाएको (सिस्ट) को समस्या देखिएको छ । शिविरमा जटिल समस्या देखिएकालाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । पाठेघर तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचान, जोखिम न्यूनीकरण, सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर राखिएको उहाँको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा पहुँच अभावका कारण पछाडि परेको ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरेर क्यान्सर जस्तो घातक रोगबाट बचाउन विशेषज्ञ चिकित्सक ल्याएर सञ्चालन गरिएको शिविरबाट सेवा पाउँदा निकै सहज भएको भन्दै स्थानीय महिलाले खुसी व्यक्त गरेका छन् ।

जटिल रोगको स्वास्थ्य परीक्षणकै लागि जिल्ला सदरमुकाम, रामेछापको मन्थली वा राजधानी काठमाडौंँ जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँपालिकाले गाउँ गाउँमै शिविर सञ्चालन गरेपछि सहज भएको खिजीदेम्बा–४ की महिला स्वास्थ्य स्वयंसेविका पवित्रा सुवेदीको भनाइ छ । संवेदनशील अङ्कमा हुने समस्या सामान्य हुँदासम्म लुकाउने र जटिल भएपछि उपचार गराउन नसक्दा दिर्घरोगी भएर बाँच्नुपर्ने दुर्गमका नागरिकको बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार