2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

बचतकर्तालाई रु १० लाखसम्म उपचार खर्च

July 7, 2025

काठमाडौँ । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रम जस्तै नयाँ अवधारणाबाट सदस्यहरुको उपचारमा सहयोग पुर्‍याउँदै आएको छ ।

सदस्य बिरामी हुँदा उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले संस्थाले विसं २०७२ मा ‘जीवन बरदान’ कार्यक्रम लागू गरेको थियो । सहकारीका सदस्यले वार्षिक रु तीन हजार ४७५ बुझाएपछि ‘जीवन बरदान’ कार्यक्रमको सदस्य बन्न पाउँछन् ।

त्यसरी सदस्य बनेकाहरुले बिरामी हुँदा संस्थाले तोकेका अस्पतालबाट वर्षमा एकपटक लाखौँ रकम बराबरको उपचार सेवा लिन पाउँछन् । रोगको अवस्था हेरी कतिपय सदस्यले रु १० लाखसम्मको उपचार पाउने गरेको संस्थाले जनाएको छ ।

धेरै खर्च हुने जटिल रोग लागेको, दुर्घटना भएर आकस्मिक उपचार गराउनु परेको र शल्यक्रिया गरिने अवस्थामा सहाराले शल्यक्रिया र औषधिको कूल खर्चको ९० प्रतिशतसम्म बेहोर्ने भएकाले सदस्यहरु ‘जीवन बरदान’ कार्यक्रमबाट लाभान्वित हुने गरेका छन् ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाका अनुसार एक दशकमा ‘जीवन बरदान’ मार्फत १७ हजार ७३७ जना सदस्यले रु ४१ करोड ९७ लाख बराबरको उपचार सेवा प्राप्त गरिसकेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४०० भन्दा बढी सदस्यले लगभग रु सात करोड बराबरको स्वास्थ्योपचार सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो । पछिल्लो महिनामा सेवा लिएका कतिपयको बिल भरपाइ सङ्कलन भइरहेको हुँदा यकिन हिसाब आउन बाँकी रहेको बताइएको छ ।

संस्थाले उपचारका लागि राजधानी काठमाडौँका सुविधा सम्पन्न अस्पतालदेखि मोफसलका ५० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको जनाएको छ । बिरामीले आफैँ अस्पताल रोजेर उपचार गराउन पाउने संस्थाले सदस्यलाई सुविधा दिएको छ ।

“जटिल रोगका बिरामी वा शल्यक्रिया गराउनुपरेमा सदस्यले आफैँले चाहेको अस्पतालमा उपचार गराउन सक्नुहुन्छ”, सेवा लिने प्रक्रियाबारे जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “अस्पताललाई जीवन बरदान कार्ड देखाएर सहारा नेपाललाई भर्ना भएको जानकारी गराए पुग्छ । अस्पतालले कुनै धरौटी नलिइकन सबै उपचार गरिदिन्छ ।”

संस्थाले शल्यक्रिया गराउँदा लागेको शुल्कको ९० प्रतिशत र उपचारमा लागेको खर्चको ८० प्रतिशत रकम अस्पताललाई भुक्तानी दिने गरेको छ । अस्पतालमा भर्ना भएको दिनदेखि डिस्चार्ज भएसम्मको अधिकांश खर्च संस्थाले नै बेहोर्ने भएकाले सहकारीका सदस्यले स्वास्थ्योपचारमा ठूलो राहत अनुभूति गर्दै आएका छन् ।

अस्पतालबाट डिस्चार्ज भइसकेपछि घरमा बसेका बेला शल्यक्रिया गराएका बिरामीलाई संस्थाले नर्स पठाएर घरदैलो ‘होम केयर’ सेवा पु¥याउने गरेको छ । मुटु मिर्गाैला, सुगर, प्रेसर, थाइराइड, दम, छारेरोगलगायत १० वटा दीर्घकालीन रोग लागेका सदस्यलाई औषधि खर्चको ५० प्रतिशतसम्म बेहोर्दै आएको संस्थाले जनाएको छ ।

कनकाई नगरपालिका वडा नं. ३ का चन्द्रप्रसाद रिजालले गत चैतमा टाउकाको शल्यक्रिया गराउँदा सहाराको ‘जीवन बरदान’ कार्यक्रमबाट रु दुई लाख ५० हजार बराबरको उपचार विर्तामोडको बीएन्डसी अस्पतालबाट पाएको बताउनुभयो । संस्थाको जीवन बरदान कार्यक्रमको सदस्य रहनुभएको बिर्तामोड नगरपालिका वडा नं. २ का ढुण्डीराज मिश्रले पनि एक वर्षअघि काठमाडौँको मेडिसिटी अस्प्तालमा ट्यूमरको शल्यक्रिया गराउँदा रु चार लाख प्राप्त गर्नुभएको बताउनुभयो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा हाल एक लाख ९१ हजार सात सय २१ जना सदस्य छन् भने रु एक अर्ब ६९ करोड ८६ लाख ५९ हजार चार सय शेयर पुँजी रहेको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर गरी छ जिल्लामा ८१ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले