२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

२०८२, २३ असार सोमबार १५:२५
काठमाडौं ।  ललितपुरको गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।
जिल्लाका छवटा स्थानीय तहहरूमध्ये गोदावरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने अन्तिम स्थानीय तह हो । यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाँकाल गाउँपालिकाले २०८२ वैशाख ३१ गते, काठमाडाँै उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते, बागमती गाउँपालिकाले जेठ १३ गते, कोन्ज्योसोम गाउँपालिकाले जेठ ३१ गते र ललितपुर महानगरपालिकाले असार १८ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी गराउनुभयो ।
पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप सुनिश्चितताका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्वयंसेविकाहरूको प्रशंसा गर्नुभयो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वडा तहदेखि नगरपालिकासम्म खोप सुनिश्चिता भएसँग यसलाई जारी राख्न सबै क्रियाशील हुनुपर्छ भन्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो । सबै बालबालिकाहरूले खोप पाएका कारण अपाङ्गता र मृत्युुदर घटन गएको भन्दै खोपको व्यवस्थापनलाई ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका कामको सबैतिर प्रशंसा भइरहेको भन्दै सेवासँगै नागरिकको मन जित्ने गरी सीमित स्रोतलाई उपयोग गर्दै सकारात्मक भावका साथ काम गर्न आग्रह गर्नुभयो ।
गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो क्षेत्रमा रहेर कर्तव्यनिष्ठ भई काम गरेका कारण यो परिणाम हात लागेको भन्दै स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद भन्न चाहान्छु,” उहाँले भन्नुभयो ।
गोदावरी नगरपालिका–५ का अध्यक्ष एवं नगरका प्रवक्ता मिलन सिल्वालले गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित घोषणासँगै यसलाई दिगोपना कायम गर्ने कार्य चुनौतीपूर्ण रहेको भन्दै ध्यान दिएर क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहमा काम गर्ने जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीहरूले स्थानीय तहमा भएको स्रोत र साधनलाई भरपुर उपयोग गर्दै सम्पादन गरिरहेको कामको प्रशंसा गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले ललितपुरका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भइसकेको बताउँदै घरघुरी सर्वेक्षण गरेर सबै बालबालिकालाई खोप दिइसकेको जानकारी गराउनुभयो । उहाँले स्थानीय सरकार र सङ्घीय सरकारको प्रतिबद्धताअनुसार प्रत्येक वर्ष यसलाई ध्यान दिँदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सन् २०३० सम्म महिलामा हुने पाठेघरको क्यान्सर न्यूनीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार निःशुल्क खोप अभियान सञ्चालन भइरहेको भन्दै बालबालिकालाई १३ प्रकारका खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम हो । हरेक वर्ष राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्युमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगहरू विरुद्धका खोपहरू प्राप्त गरेको र गर्भवती टी.डी., धनुष्टङ्कार र भ्यागुते रोग विरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो ।
राष्ट्रियस्तरमा २०३४ सालमा सुरू भएको खोप अभियानलाई अहिले दिगो विकास लक्ष्यको एउटा सूचक मानेर देशैभर स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश र देशलाई नै पूर्णखोपयुक्त घोषणाको तयारीअनुसार काम भइरहेको छ । पूर्णखोप सुनिश्चितताका लागि तोकिएअनुसारका खोपहरू प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकारका रुपमा कानुनी व्यवस्था गरिएको छ । खोपकै कारण नेपालमा बालमृत्युदर, मातृमृत्युदर घट्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरुप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह