४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले प्रदेश नेताद्वारा अस्पतालमा आक्रमण, ज्यान जोगाउन स्वास्थ्यकर्मी छतबाटै हाम्फाले

१४ जेष्ठ २०७८, शुक्रबार ०३:०७

जेठ १४, काठमाडौँ | बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ । अस्पतालमा उपचारको क्रममा आफन्तको मृत्यु भएपछि डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात भएको हो । अस्पताल समेत तोडफोड भएको छ ।

अस्पतालमा दाङको तुलसीपुर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको बिहिबार बेलुका मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पताल तोडफोड गर्नुको साथै डाक्टर तथा नर्समाथि आक्रमण गरेका हुन् । आक्रमणपछि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ । केही नर्सले ज्यान जोगाउने क्रममा अस्पतालको छतबाट पनि हाम फालेको अस्पतालले जानाएको छ ।

घटनापछि प्रहरीले मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन् भने दाङ जिल्ला सचिवालय सदस्य पनि हुन् । 

रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए । एक जना कार्यपालिका सदस्यलाई बलात्कार गरेको आरोपपछि उनको जागिर गुमेको थियो । घटनापछि स्वास्थ्यकर्मीले असुरक्षित महसुस गर्दै अस्पताल आउन मानिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ