२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’

१६ जेष्ठ २०७८, आईतवार ०७:०६

चन्द्रकला भण्डारी । जेठ १६, झापा (रासस)। कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर जिल्लाका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरुआत भएको छ । ‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर, बुद्धशान्ति र भद्रपुरमा ‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’ नारासहित  सेवा शुरु गरिएको हो ।

मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, डिप्रेसनलगायतका दीर्घरोग लागेकालाई टेलिमेडिसन पद्धतिमार्फत घर बसेरै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा डा सञ्जीवकुमार शर्माबाट स्वास्थ्य परामर्श प्रदान गरिरहेको अभियानका प्रयोगशाला संयोजक दिलीप सुवेदीले जानकारी दिनुभयो ।अभियान मेचीनगर नगरपालिकाको वडा नं २, ६, १० र १४, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६ र ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० मा सञ्चालन भइरहेको छ ।

“अहिले कोभिडका बिरामीको उपचारमा सम्पूर्णको ध्यान गइरहेको छ”, कोभिड सङ्क्रमितलाई स्वास्थ्य सामग्री निःशुल्क पुर्याउने कार्य गरिरहेको मेची अभियानका संयोजक विजय डालमियाले भन्नुभयो, “यस्तो विषम अवस्थामा ननकोभिड दीर्घरोगीलाई उपचारमा सकस भएको बुझेर शुरु गरिएको टेलिमेडिसिन सेवा अत्यन्त उपयोगी सावित भएको छ ।”

अभियानमा आबद्ध स्वास्थ्यकर्मीले दीर्घरोगीको घरदैलोमा पुगी स्वास्थ्य अवस्था र औषधि सेवनका बारेमा ताजा जानकारी लिने गरेका छन् । त्यसपछि वडामा सञ्चालित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले इन्टरनेट प्रविधिमार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ प्रा डा शर्मासँग भर्चुअल सम्पर्क गरेर थप स्वास्थ्य परीक्षण र औषधिको सिफारिस गराउँछन् । भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानीसमेत गराइने भएको हुँदा बिरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन् । अभियानलाई गाउँकेन्द्रित बनाइएको छ । शहरको अस्पतालबाट टाढा रहेका ग्रामीण बस्तीलाई यो सेवाले लक्षित गरेको छ ।

अभियानका स्वास्थ्यकर्मी शनिबार एकैदिन ३० जना दीर्घरोगीको घरमा पुगेको र आवश्यक परामर्श प्रदान गरिएको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताउनुभयो । उहाँले गाउँमा केएचडिसी (किड्नी, उच्च रक्तचाप, मधुमेह र कार्डियो भास्कुलर)का बिरामी उपचारका लागि अस्प्ताल जान नसकेर धेरै समस्यामा फसेको पाइएको जनाउँदै अभियानले त्यस्ता बिरामीलाई मद्दत गरिरहेको जानकारी दिनुभयो । अभियान लागू भएका पालिकाको वडास्थित स्वास्थ्य चौकीमा केएचडिसी नेपालले इन्टरनेट, कम्प्युटर र अन्य स्वास्थ्य सामग्रीले निःशुल्क प्रदान गरेर टेलिमेडिसिन सुविधाका लागि पूर्वाधार तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान