२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

१७ जेष्ठ २०७८, सोमबार ०६:०१

जेठ १७, भक्तपुर (रासस) । कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन् ।

निषेधाज्ञामा एकल, गर्भवती महिला, मस्तिष्क पक्षाघातका बिरामी, रोजगारी गुमाएका, दैनिक ज्याला मजदुरी गर्ने, सार्वजनिक पाटीमा जीवन बिताइरहेका असहाय, अशक्त महिला, दुवै मिर्गौला फेल भएका, गरिब, टुहुरा बालबालिका गरी उपत्यकाका तीन जिल्लाका ६३ परिवारलाई खाद्यान्न वितरण गरिसकेको नमस्ते ख्वप टिभीका निर्देशक तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गर्नुभयो । 

निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेका परिवारका बारेमा जानकारी आएअनुसार जिल्लाका मध्यपुरथिमि, सूर्यविनायक, चाँगुनारायण, भक्तपुर नगरपालिका तथा काठमाडौँको कागेशवरी मनोहरा, गोकर्णेश्वर, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न टोलबस्तीका घरदैलोमै पुगेर राहत वितरण गरिएको नमस्ते ख्वप टिभीका कार्यक्रम निर्देशक एवं नृत्य निर्देशक रञ्जना सितिखुले जानकारी दिनुभयो ।

‘सक्नेले नसक्नेलाई सहयोग गरौँ’ भन्ने नाराका साथ अभियान शुरु भएसँगै स्वतःस्फूर्त रूपमा विभिन्न व्यक्तिले गरेको नगद तथा जिन्सी सहयोग सङ्कलन गर्दै समस्यामा परेकालाई वितरण गर्दै आएको उहाँले बताउनुभयो । 

त्यस्तै जरो किलो महाअभियानले काठमाडौँका विभिन्न क्षेत्रमा राहत वितरण गरेको छ । अभियानकर्ता अभिषेक जोशी, अम्मर परियार, यमनाथ उपाध्याय र संजिता श्रेष्ठको टोलीले गत वैशाख २५ गतेदेखि राहत वितरण सञ्चालन गरेको अभियानका बलराम प्रजापतिले जानकारी दिनुभयो । निषेधाज्ञाका कारण समस्यामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने ३०० परिवारलाई खाद्यान्न सहयोग गरिसकेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा