२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’

१७ जेष्ठ २०७८, सोमबार १०:४८

जेठ १७, काठमाडौँ (रासस)। नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ ।

अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोष्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोष्ट कोभिडसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीले कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर हस्पिटलले प्रदान गरेको छ ।

पोस्ट कोभिड प्याकेजअन्तर्गत दुई प्रकारका प्याकेज घोषणा गरिएको छ । अस्पतालले रु सात हजार ५०० र रु १४ हजार ५०० गरी सस्तो दररेटको प्याकेज तथा सिटी स्क्यानसहितको प्याकेज सार्वजनिक गरेको छ । सस्तो प्याकेजअन्तर्गत बिरामीको सिबिसी, कोभिड एन्टीबडी, सिआरपी, डी डाइमर, चेस्ट एक्स–रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ भने सोही शुल्कमा विशेषज्ञ चिकित्सकको परामर्श सेवासमेत उपलब्ध हुनेछ ।

यस्तै चेस्ट एक्स–रेको ठाउँमा कसैले सिटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको दर भने केही बढ्न सक्छ । दोस्रो प्याकेजअन्तर्गत सिटी स्क्यानसहितको प्याकेजको दर रु १४ हजार ५०० तोकिएको छ । सो प्याकेज आफ्नो सुविधाअनुसार लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुकसमेत गर्न सक्नेछन् । यस्तै सोझै अस्पतालमा नै गएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ ।

नर्भिक हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेको सङ्ख्यासँगै मृत्युदरमा समेत वृद्धि भएको छ । 

कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेशन हुने, ब्लडप्रेसर हुने, हिँड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिने गर्छन् । यस्ता समस्यालाई बेवास्ता नगरी तुरुन्त अस्पताल जान बिरामीलाई चिकित्सक जैसवालले आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट