२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

कोभिड दोस्रो लहरबाट हुम्लाका सबै गाउँपालिकामा असर

२०७८, २४ जेष्ठ सोमबार ११:११

जेठ २४,  हुम्ला (रासस) । कोभिड –१९ को दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पिसिआर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । 

सञ्चो हुने ९३  जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ ।  त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ छ । 

 रेडक्रसद्वारा जिल्ला स्वास्थ्य कार्यालयलाई मास्क 

 नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले हुम्लालाई २० हजार पाँच सय थान मास्क हस्तान्तरण गरेको छ । जिल्लाका स्वास्थ्यकर्मीलाई पाँच हजार, १० उपशाखा कार्यालयलाई एकएक हजार, सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई एकएक सय र  स्वयंसेविकालाई केही मास्क वितरण गरिएको  रेडक्रसका सभापति गणेशबहादुर महतले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल