२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरमा ६० देखि ६४ वर्ष उमेर समूहका एक लाखलाई भेरोसेल खोप दिइने

२५ जेष्ठ २०७८, मंगलवार ०५:०७

जेठ २५, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ । चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ । 

कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ । 

यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ । सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ । यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो । 

यसअघि यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब एक लाख नागरिक लाभान्वित भएका थिए ।   

प्रत्येक वडामा एउटा खोप केन्द्रको व्यवस्था गरिएको छ । वडा नं १ मा नन्दी रात्रि स्कुल नक्साल, २ मा वडा कार्यालय लाजिम्पाट, ३ मा वडा कार्यालय महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र, ४ मा वडा कार्यालय बालुवाटार, ५ मा वडा कार्यालय हाँडीगाउँ, ६ मा महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय बौद्ध, ७ मा वडा कार्यालय मित्रपार्क चावहिल, ८ मा गोल्डेन लाइट पार्टी प्यालेस जय बागेश्वरी, ९ मा अनुपम फुडल्याण्ड बत्तीस पुतली, १० मा म्याक डोनाल्ड पार्टी प्यालेस मध्यबानेश्वर, ११ मा विश्व निकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर, १२ मा बुद्ध माई अस्पताल टेकु रहेका छन् ।  

त्यसैगरी वडा नं १३ मा जनप्रभात माध्यमिक विद्यालय कालीमाटी, १४ मा वडा कार्यालय भुवनेश्वरी कलङ्की, १५ मा भुइँखेल चौर स्वयम्भू, १६ मा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, १७ मा पब्लिक युथ क्याम्पस धोवीचौर, १८ मा पुष्पलाल पार्क, १९ मा वडा कार्यालय परिसर, २० मा शान्ति निकुञ्ज माध्यमिक विद्यालय, २१ मा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, २२ मा वडा कार्यालय टेवहाल, २३ मा नव आदर्श विद्यालय वसन्तपुर, २४ मा इतुमबहाल, तारणीबहाल, २५ मा कन्या मन्दिर माध्यमिक विद्यालय छत्रपाटी, २६ मा वडा कार्यालय परिसर २७ मा महाबौद्ध चोक, २८ मा कार्यालय परिसर, २९ मा विजय स्मारक माध्यमिक विद्यालय, ३० मा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, ३१ मा इपियस स्कूल, मीनभवन, र वडा नं ३२ मा वडा कार्यालय परिसर तयार गरिएको छ ।  तोकिएका खोप केन्द्रबारे थप जानकारी आवश्यक परे कामपाको हटलाइन नम्बर ११८० मा फोन गर्न पनि आग्रह गरिएको छ ।  खोप कार्यक्रम आगामी २९ गतेसम्म सञ्चालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान