२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

म्याद सकियो, अक्सिजन प्लान्ट आएन

२०७८, २६ जेष्ठ बुधबार ०६:०४

जेठ २६, जाजरकोट (रासस)। ठेक्का अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।

जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौँको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो । कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो ।

ठेक्का सम्झौताअनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैशीले बताउनुभयो । नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ तर कार्यालयले पाँच दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताउनुभयो ।

उहाँका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा पाँच दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उहाँले बताउनुभयो । नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताउनुभयो । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारवाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना सङ्क्रमितलाई अक्सिजन दिन समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताउनुभयो ।

जनप्रतिनिधिको द्वन्द्वले कर्मचारी चेपुवामा

मुड्केचुला गाउँपालिका डोल्पामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्षलगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ ।

एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेकोलगायतका आरोप अध्यक्षले लगाएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकमा आफू सहभागी भएको तर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नका लागि आफू त्यहाँ गएको अधिकृत श्रेष्ठले स्वीकार गर्नुभएको छ ।

यता उपाध्यक्षलगायत अन्य जनप्रतिनिधिले विज्ञप्ति प्रकाशित गरी मिडियालाई समेत गाली गर्दै अध्यक्ष र पत्रकार मिलेर गाउँपालिकामा काम गर्ने वातावरण बिगारेको आरोप लगाएका छन् । हप्ता दिनदेखि गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य विकास निर्माणका कामको भुक्तानी नगरेको समाचार प्रकाशित भएपछि मिडियाप्रति उपाध्यक्ष सविताकुमारी रोकायलगायत केही वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको बचाऊ गर्दै विज्ञप्ति निकालेका हुन् ।

साउनदेखि अहिलेसम्म मुड्केचुलामा सामाजिक सुरक्षा भत्ता वितरण हुनसकेको छैन । करारमा भर्ना गरिएका कर्मचारीको समेत म्याद नथप्नेलगायत काम हुँदै आएको बताइएको छ । “समाजिक सुरक्षा भत्ता वितरण भएको छैन, मिडियामा आएका कुरा सत्य हुन्, अब म के गरौँ?”, गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भन्नुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल