२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलाकार निशा घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

२०७८, १ असार मंगलवार ०७:५९

असार १, काठमाडौँ (रासस)। कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन जानु भएकी उहाँ सडक दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उहाँको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ । निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गर्नु भएको थियो । तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याइ तत्काल निःशुल्क उपचार सुरुआत गर्नुभयो ।


अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्कलन थालिएको छ । कलाकारसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ । 

 उहाँलाई अहिले देश तथा विदेसमेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसाद घिमिरेको नाममा कृषि विकास बैंकमा  खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं. ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिनुभयो । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने