२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई हजार ९७९ सङ्क्रमित थपिए, २८ को निधन

२०७८, २३ असार बुधबार १२:४३

असार २३, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर सात हजार ८३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ७७ जनामा र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३३ सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७५६ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७८८ छन् । यसैगरी  ५७१ आइसियूमा र १६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन् । 

नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ भएको छ । देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३२३ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५४४ छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने