२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे

२०७८, ३० असार बुधबार ०८:०८

असार ३०, काठमाडौँ (रासस)। सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् । 

कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले कोरोना उच्च बिन्दुमा पुग्दा ३७० श्ययामार्फत कोभिड–१९ बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि कूल ४०० श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च बिन्दुमा हुँदा ५७ सघन उपचार केन्द्र र ३९ भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले राससलाई जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि १६० श्यया छुट्याएको छ । जसमध्ये कोरोनाका ९४ बिरामी भर्ना भएर उपचार गराइरहेको डा दासले बताउनुभयो । भर्ना भएका ९४ बिरामीमध्ये ३० बिरामीको सघन उपचार केन्द्र एवं भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । गत वर्षको कोरोना सङ्क्रमणको समयमा टिचिङ अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि जम्मा १०० श्यया छुट्याइएको थियो । 

निजी लगानीमा सञ्चालित अस्पतालमा पनि कोरोना सङ्क्रमित बिरामीको सङख्यामा कमी आएको छ । कूल २०० श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराउँदै आएको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोरोना उच्च बिन्दुमा पुग्दा दैनिक ७५ देखि ८० बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि ८४ भन्दा बढी श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च विन्दुमा हुँदा १८ सघन उपचार एवं भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको थियो । कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि  छुट्याइएको श्ययामा पनि कटौती गरेको छ । अस्पतालका प्रशासक हरि खड्काले हाल दैनिक ८ देखि १० जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएर उपचार गरेको जानकारी दिनुभयो । उक्त अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामी पनि घटेको छ । 

ग्राण्डीले गत वर्ष कोरोना बिरामीका लागि ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघन उपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गरेको थियो । दोस्रो चरणको कोरोना सङ्क्रण शुरु हुनुपूर्व दैनिक ५०० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक जम्मा २०० देखि ३०० बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ । 

कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महँगो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको प्रशासक खड्काको भनाइ छ । सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ का बिरामी घटेपछि अस्पतालमा माग हुँदै आएको कोरोना उपचार सामग्रीको बिक्रीवितरण समेत घटेको छ । 

दुई वर्षदेखि काठमाडौँको सामाखुशीमा स्वास्थ्यसामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिटलको प्रालिका निर्देशक बद्रीनाथ घिमिरेले कोरोनाका बिरामी घटेसँगै अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको मागमा कमी आएको जानकारी दिनुभयो । 

“कोरोना बिरामी घटेसँगै कोरोना उपचारका लागि आवश्यक पिपिइ, माक्स, सेनिटाइजर, पल्स अक्सिमिटरलगायतका स्वास्थ्य सामग्रीको मागमा कमी आएको छ”, उहाँले भन्नुभयो । सरकारी तथ्याङ्कअनुसार पछिल्लो पटक असार २९ गते देशभर २४ घण्टामा दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो भने कोरोना सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला