२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा अझै १०० देखि १२५ दिन कोरोना विरुद्ध लड्न गाह्रो

१ श्रावण २०७८, शुक्रबार १५:५७

साउन १, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरस विरुद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो ।

“सङ्क्रमितहरुको सङ्ख्या त दिनप्रति दिन घट्दै गइरहेको छ, तर पूर्ण रुपमा न्यूनीकरण भइसकेको अवस्था भने छैन, अझै पनि खतरापूर्ण अवस्था नै रहेको छ”, नीति आयोगका सदस्य डा. भि के पौलले भन्नुभयो । उहाँले खोपको प्रभावकारिता बढी रहेको भए पनि प्रहरीहरु उच्च जोखिममा रहेको पनि पत्रकारलाई जानकारी दिनुभयो । 

महामारीको दोस्रो चरणको बेलामा दुवै खोप लगाएकाहरुको जीवन जोगाउन खोप ९५ प्रतिशत सफल भएको पाइएको छ । “एउटा मात्रै खोप लगाएकालाई भने ८२ प्रतिशतसम्म खोप उपलब्धीमूलक भएको पाइएको छ”, डा पौलले भन्नुभयो ।

जुलाई महिना भित्रमा ५० करोड खोप लगाइसक्ने योजना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । खोप लगाएकाहरुको सङ्ख्या बढ्दै गएकाले विस्तारै महामारी न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ ।

सरकारले कोभिसिल्ड र कोभ्याक्सीनको ६६ करोड मात्रा खोप मगाइसकिएको जनाएको छ । त्यसैगरी २२ करोड खोप नीजि क्षेत्रले उपलब्ध गराउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का