२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

८ श्रावण २०७८, शुक्रबार ०१:५५

साउन ८, काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् ।

विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ ।

यस्तै, २ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शøया र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का