२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप दुईहजार ९७७ सङ्क्रमित थपिए

८ श्रावण २०७८, शुक्रबार १३:१५

साउन ८, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई पिसिआर र तीन हजार ६१० को एन्टिजिन विधिबाट गरी जम्मा १७ हजार ३०८ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा नै १८ जनाको कोभिडका कारण मृत्यु भएको छ । हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रुपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन् । २४ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा पाँच हजार ७८२, ललितपुर एक हजार ११६ र भक्तपुरमा ९४७ सक्रिय सङ्क्रमित रहेका छन् । 

हालसम्म देशभरमा गरी ३५ लाख १७ हजार ८८९ जनाको पिसिआर र दुई लाख ८२ हजार १७९ को एन्टीजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसिआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ७६ हजार ७०८ देखिएका छन् । हालसम्म सङ्क्रमितमध्ये छ लाख ३९ हजार ३६८ लाई निको भएको छ । सङ्क्रमितमध्ये निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ । हालसम्म नौ हजार ६७९ को मृत्यु भएको छ । 

कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ४९ ९५१ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख १२ हजार १२ रहेको छ । सङ्क्रमितमध्ये पुरुष ६० दशमलव ३८ प्रतिशत र महिला ३९ दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का