२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

१० श्रावण २०७८, आईतवार ०१:५७

साउन १०, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् ।

निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जाने कामदार नेपालमा नै रोकिएर बसेका थिए । अहिले निषेधाज्ञा करीब करीब हटिसकेको छ भने अन्तरराष्ट्रिय उडान पनि खुला भएको छ । तर, खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् ।

अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको खोप नै लगाउनुपर्ने बाध्यता छ । साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् । यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप तोकेका छन् । तर, नेपालमा तोकिएको खोप पर्याप्त मात्रामा छैन । त्यसको असरले पनि वैदेशिक रोजगारमा जाने कामदारले सहज रूपमा खोप लगाउन पाएका छैनन् । फलस्वरूप उनीहरू समयमा वैदेशिक रोजगारमा जान नपाउने अवस्था आएको छ ।

झापाका विजयकुमार गहतराज विगत ७ वर्षदेखि साउदी अर्बमा कार्यरत छन् । उनी बिदा मनाउन गत चैतमा स्वदेश आएका थिए । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइयो । उनले जेठको अन्तिम साता श्रम गन्तव्य मुलुक साउँदी जाने गरी कतार एयरलाइन्सबाट हवाई टिकट पनि लिए । तर, त्यसबेलासम्म पनि निषेधाज्ञा कायम हुँदा उनी साउदी पुग्न सकेनन् ।

साउदी अरबले अहिले आफ्नो मुलुकमा आउने सबैलाई जोन्सनलगायत खोप अनिवार्य गरेको छ । तर, सहज रूपमा खोप पाउन नसकेपछि गहतराज अझै काममा जान पाएका छैनन् ।

काठमाडौंका विभिन्न खोप केन्द्रमा साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन खोप अभियान सञ्चालन गरिएको थियो । झापामा यो खोप नआउने भएपछि उनी गत शुक्रवार हवाई उडानमार्फत काठमाडौं आए । तर, उनले अभैm खोप लगाउन सकेका छैनन् ।

उनी प्रतिनिधि पात्र मात्र हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप नपाएर अलपत्र परेका वैदेशिक रोजगारमा जाने कामदारको भीड बाक्लो हुने गर्छ । उनीहरूले बारम्बार खोपको व्यवस्था गर्न माग गर्दै आएका छन् । तर, सम्बद्ध निकाय भने यस विषयमा अझै उचित निर्णय गर्न सकेको छैन ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का