२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सबैलाई कोभिड खोप लगाइने

१० श्रावण २०७८, आईतवार १०:२८

साउन १०, मकवानपुर (रासस)। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीमा उहाँले सो जानकारी दिनुभएको हो । 

लिच्छवि र मल्लकालीन  सम्पदा पुनःनिर्माणका लागि नेपाली मौलिकता र  सांस्कृति झल्किने गरी पुननिर्माण गर्न प्राविधिकलाई निर्देशन दिइसकिएको र चालू आवको दोस्रो चौमासिकभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

चालू आर्थिक वर्षभित्रै थप कूल एक हजार ४८८ हेक्टर जमीनमा नयाँ सिँचाइ आयोजना निर्माण गरी पानी उपलब्ध गराउने लक्ष्यअनुरुप बजेट विनियोजन गरिसकिएको जानकारी दिँदै मन्त्री फुयाँलले  चितवनको नारायणीमा लिफ्ट सिँचाइ आयोजनाको पम्प हाउस ‘ए’ लाई  आधुनिकीकरण गर्न बजेट विनियोजन गरी काम थालिएको चर्चा  गर्नुभयो ।

प्रदेशको सबै जिल्लामा भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक क्षमता अभिवृद्धि गरिने, काठमाडौँको चन्द्रज्योति, फर्पिङ् र सुन्दरीजल जलविद्युत् गृह संरक्षण गरी नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा यस मन्त्रालयमा उच्चस्तरीय विज्ञहरुलाई अध्ययन, अनुसन्धानका लागि छुटृै महाशाखा स्थापना गरिने  र यस प्रदेशभित्र पूर्ण उज्यालो कार्यक्रमअन्तर्गत दोलखा, रसुवा र नुवाकोटमा वैकल्पिक ऊर्जा प्रविधि जडानका लागि काम भइरहेको पनि उहाँले जाकारी दिनुभयो । 

मन्त्री फुयाँलले चालू आर्थिक वर्षमा विभिन्न जिल्लामा पक्की पुल र सडक निर्माणका आयोजनास्थलको अनुगमन गरिएको र विद्युतीय बस खरीद गरी सञ्चालनमा ल्याउन अनतर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान भई ३० वटा बस खरीदका बोलपत्र आह्वान गर्नाका साथै  विसं २०७९ जेठ मसान्तभित्र काठमाडौँलगायत विभिन्न स्थानमा बस सञ्चालनमा ल्याइने छ भन्नुभयो । 

हेटौँडा, भरतपुर, काठमाडौँ, बनेपा, त्रिशूली र सिन्धुलीमा विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण आगामी वैशाख महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको,  त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरीयामाईमा रहेको १०४ वर्ष पुरानो करीब २०० मिटर लामो सुरुङमार्ग पुनःसञ्चालनका लागि काम थालिएको र काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा कृषि उत्पादन भण्डारण गर्न १० वटा वातावरणीय शीत भण्डार गृह निर्माणका साथै हेटौँडास्थित सिसौँंघारीमा धुलो दूध उत्पादनका लागि जोड दिइएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता