२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सक्रिय संक्रमित एक महिना यताकै उच्च

१६ श्रावण २०७८, शनिबार ०२:३१

साउन १६, काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा जिल्ला छन् । जसमा प्रदेश १ का मोरङ र सुनसरी बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर, गण्डकी प्रदेशका नवलपरासीपूर्व रहेका छन् । यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको रूपन्देहीलगायतका रहेका छन् ।

पाँच दिनयता लगातार कोरोना संक्रमितको संख्या ३ हजारमाथि रहेको छ । गत सोमबार ३ हजार ४ सय २१, मंगलबार ३ हजार ८ सय ९९, बुधबार ३ हजार ८ सय ४०, बिहीबार ३ हजार ३ सय ६५ र हिजो शुक्रबार ३ हजार ६ सय ११ जना संक्रमित थपिएका थिए ।

हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन हुन नसक्दा जोखिम पुनः बढेको जनस्वास्थ्य विज्ञले बताउँदै आएका छन् । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन संक्रमणबाट बच्न स्वयं व्यक्ति आत्मानुशासित हुनुपर्ने बताउँछन् । उनी मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता आंैल्याउँछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ८३ जनाको आरटी–पीसीआर विधिबाट र ४ हजार ८ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

शुक्रबार देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ । केही दिनयता गम्भीर संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ । देशभरका अस्पतालमा ६ सय ८६ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत छन् । हाल देशभर ३ सय ९० जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म ३५ लाख ९४ हजार २ सय २ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंमा छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान