२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सक्रिय संक्रमित एक महिना यताकै उच्च

२०७८, १६ श्रावण शनिबार ०२:३१

साउन १६, काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा जिल्ला छन् । जसमा प्रदेश १ का मोरङ र सुनसरी बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर, गण्डकी प्रदेशका नवलपरासीपूर्व रहेका छन् । यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको रूपन्देहीलगायतका रहेका छन् ।

पाँच दिनयता लगातार कोरोना संक्रमितको संख्या ३ हजारमाथि रहेको छ । गत सोमबार ३ हजार ४ सय २१, मंगलबार ३ हजार ८ सय ९९, बुधबार ३ हजार ८ सय ४०, बिहीबार ३ हजार ३ सय ६५ र हिजो शुक्रबार ३ हजार ६ सय ११ जना संक्रमित थपिएका थिए ।

हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन हुन नसक्दा जोखिम पुनः बढेको जनस्वास्थ्य विज्ञले बताउँदै आएका छन् । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन संक्रमणबाट बच्न स्वयं व्यक्ति आत्मानुशासित हुनुपर्ने बताउँछन् । उनी मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता आंैल्याउँछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ८३ जनाको आरटी–पीसीआर विधिबाट र ४ हजार ८ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

शुक्रबार देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ । केही दिनयता गम्भीर संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ । देशभरका अस्पतालमा ६ सय ८६ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत छन् । हाल देशभर ३ सय ९० जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म ३५ लाख ९४ हजार २ सय २ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंमा छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने