१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ

१६ श्रावण २०७८, शनिबार ०८:५३

साउन १६, ढाका (रासस/सिन्ह्वा) । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ ।

बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए ।

सङ्क्रमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै कङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ सङ्क्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सङ्क्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ । तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ ।

यहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो ।

आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ । पछिल्लो महिना यहाँ देशव्यापीरुपमा लकडाउन गरिएकोमा केही खकुलो थियो ।

आइतबारबाट मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निशेध गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का