२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

काकाससुराले मिर्गौला दिन नपाउँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता

२०७८, २२ श्रावण शुक्रबार ०४:४४

चन्द्रकला भण्डारी। साउन २२, झापा । दुवै मिर्गौला फेल भएपछि स्वदेशमै प्रत्यारोपणको तयारीमा रहेकी भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने बाध्यता भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखा परेर विभिन्न अस्पतालमा उपचार गराउँदै हाल भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हेमोडाइलासिस सेवा लिइरहनुभएकी भण्डारीको भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छिटोभन्दा छिटो मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको थियो ।

प्रत्यारोपणका लागि उहाँलाई काकाससुरा नेत्रप्रसाद भण्डारीले एउटा मिर्गौला प्रदान गर्ने निधो भएको थियो । बुधबार मिर्गौला दाताको अन्तिम जाँचको नतिजाले ‘प्रत्यारोपण गर्न मिल्छ’ भन्ने रिपोर्टसमेत आएको थियो तर कानूनी अड्चनका कारण काकाससुराले मिर्गौला दान गर्न पाउनुभएन ।


प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण प्रक्रिया अघि बढाउनका लागि बिहीबार कानुनी कागजात बुझाउँदा त्यहाँका कर्मचारीहरुले ‘काका ससुराले मिर्गौला दान दिन पाउने कानूनी व्यवस्था नरहेको’ भन्दै फर्काइदिएको उहाँका पति एवं साहित्यकार देवीचरण भण्डारीले बताउनुभयो । “सासूससुराले मिर्गौला दान गर्न मिल्ने तर काकाससुराले नमिल्ने कस्तो विडम्बना”, साहित्यकार भण्डारीले प्रत्यारोपण केन्द्रको निर्णयले दुःखी भएको बताउँदै रासससँग भन्नुभयो, “हामी छाँगाबाट खसेजस्तो मर्माहत भएका छौँ । बिमारीको उत्साह, मनोबल र जीवन प्रतिको आशा निराशामा परिणत भएको छ । अस्पताल पक्षले बेलैमा यो जानकारी गराएको भए सायद अहिले आएर निराश बन्नु पर्दैनथ्यो । समय, दौडधुप र लगानीको क्षतिपूर्ति कसले दिने ?”

साहित्यकार भण्डारीले मुलुकको प्रत्यारोपणसम्बन्धी २०७२ सालको कानून अव्यावहारिक भएको गुनासो गर्नुभएको छ । प्रत्यारोपणका लागि मिर्गौला दान दिन पाउने नातेदारको दायरा फराकिलो नभएकै कारण आफ्नी पत्नी गीताको स्वदेशमा मिर्गौला प्रत्यारोपण गर्ने सपना पूरा नभएको उहाँले दुःखेसो व्यक्त गर्नुभयो ।

अब काकाससुराले नै मिर्गौला दान दिने गरी भारतको दिल्लीस्थित फोर्टिज अस्पतालमा प्रत्यारोपणका लागि यसै साता जाने तयारी गर्नुपरेको उहाँले जानकारी दिनुभयो । “अप्ठेरा र अव्यावहारिक यस्तै कानूनका कारण धेरै नेपालीले मिर्गौला प्रत्यारोपणका लागि विदेश धाउन बाध्य हुनुपर्दोरहेछ भन्ने बल्ल थाहा पाइयो”, उहाँले गुनासो गर्दै भन्नुभयो, “कानून बनाउने र परिमार्जन गर्ने पक्षको गम्भीर ध्यानाकर्षण होस्, ताकि हामीले जस्तो दुःखसास्ती अरू नेपालीले भविष्यमा भोग्नु नपरोस् ।”

निजामती कर्मचारीसमेत रहेका साहित्यकार भण्डारीले बिहीबार फेसबुकमा यस बारेमा गुनासो सार्वजनिक गरेपछि शुभेच्छुकहरुले नेपालको मिर्गौला प्रत्यारोपणसम्बन्धी कानूनमा दान दिन पाउने नातेदारको दायरा फराकिलो बनाइनुपर्ने सुझाव राखेका छन् ।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ अनुसार मिर्गौला ग्रहण गर्ने व्यक्तिले उहाँका नातामा काकाले दान गर्न पाउने उल्लेख भए पनि काकाससुराले दिन पाउने व्यवस्था छैन । काकाले दान गर्न पाउँदा काकाससुराले पनि पाउनु पर्नेगरी कानून फराकिलो र व्यावहारिक हुनुपर्ने उहाँको भनाइ छ ।

ऐनमा परिवारका सदस्य र नजिकका नातेदारले अङ्ग दान गर्न पाउने व्यवस्था छ । जसअनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुरा उल्लेख छ ।

यसैगरी नजिकको नातेदार भन्दै पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले मिर्गौला दान गर्न पाउने व्यवस्था छ । ऐनलाई केही खुकुलो बनाउँदै २०७३ सालमा संशोधन गरिएको थियो जसमा नजिकको नातेदार दुई परिवारमा मानव अङ्ग प्रत्यारोपणका लागि सट्टा गर्न पाउने समेत व्यवस्था छ ।

सोही ऐनबमोजिम गत वर्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण भएको थियो । उहाँलाई नातामा भान्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । त्यसअघि पहिलोपटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदा उहाँकै बुहारी अन्जान घिमिरेले मिर्गौला दान गर्नुभएको थियो । 

नेपालमा वार्षिक तीन हजारभन्दा बढीको मिर्र्गौला खराब हुने गरेको र हाल २८ लाख नेपाली कुनै न कुनै रूपमा मिर्गौलाको रोगी भएको नेपाल मिर्गौला केन्द्रको अनुमान छ । गरिब नेपालीले सिरिखुरी सम्पत्ति बेचेर पनि कानुनी अड्चनका कारण स्वदेशमा उपचार गर्न नपाउनु दुःखद भएको सामाजिक सञ्जालमा टिप्पणी आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ