2026-10-23 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

काकाससुराले मिर्गौला दिन नपाउँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता

चन्द्रकला भण्डारी। साउन २२, झापा । दुवै मिर्गौला फेल भएपछि स्वदेशमै प्रत्यारोपणको तयारीमा रहेकी भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने बाध्यता भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखा परेर विभिन्न अस्पतालमा उपचार गराउँदै हाल भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हेमोडाइलासिस सेवा लिइरहनुभएकी भण्डारीको भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छिटोभन्दा छिटो मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको थियो ।

प्रत्यारोपणका लागि उहाँलाई काकाससुरा नेत्रप्रसाद भण्डारीले एउटा मिर्गौला प्रदान गर्ने निधो भएको थियो । बुधबार मिर्गौला दाताको अन्तिम जाँचको नतिजाले ‘प्रत्यारोपण गर्न मिल्छ’ भन्ने रिपोर्टसमेत आएको थियो तर कानूनी अड्चनका कारण काकाससुराले मिर्गौला दान गर्न पाउनुभएन ।

प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण प्रक्रिया अघि बढाउनका लागि बिहीबार कानुनी कागजात बुझाउँदा त्यहाँका कर्मचारीहरुले ‘काका ससुराले मिर्गौला दान दिन पाउने कानूनी व्यवस्था नरहेको’ भन्दै फर्काइदिएको उहाँका पति एवं साहित्यकार देवीचरण भण्डारीले बताउनुभयो । “सासूससुराले मिर्गौला दान गर्न मिल्ने तर काकाससुराले नमिल्ने कस्तो विडम्बना”, साहित्यकार भण्डारीले प्रत्यारोपण केन्द्रको निर्णयले दुःखी भएको बताउँदै रासससँग भन्नुभयो, “हामी छाँगाबाट खसेजस्तो मर्माहत भएका छौँ । बिमारीको उत्साह, मनोबल र जीवन प्रतिको आशा निराशामा परिणत भएको छ । अस्पताल पक्षले बेलैमा यो जानकारी गराएको भए सायद अहिले आएर निराश बन्नु पर्दैनथ्यो । समय, दौडधुप र लगानीको क्षतिपूर्ति कसले दिने ?”

साहित्यकार भण्डारीले मुलुकको प्रत्यारोपणसम्बन्धी २०७२ सालको कानून अव्यावहारिक भएको गुनासो गर्नुभएको छ । प्रत्यारोपणका लागि मिर्गौला दान दिन पाउने नातेदारको दायरा फराकिलो नभएकै कारण आफ्नी पत्नी गीताको स्वदेशमा मिर्गौला प्रत्यारोपण गर्ने सपना पूरा नभएको उहाँले दुःखेसो व्यक्त गर्नुभयो ।

अब काकाससुराले नै मिर्गौला दान दिने गरी भारतको दिल्लीस्थित फोर्टिज अस्पतालमा प्रत्यारोपणका लागि यसै साता जाने तयारी गर्नुपरेको उहाँले जानकारी दिनुभयो । “अप्ठेरा र अव्यावहारिक यस्तै कानूनका कारण धेरै नेपालीले मिर्गौला प्रत्यारोपणका लागि विदेश धाउन बाध्य हुनुपर्दोरहेछ भन्ने बल्ल थाहा पाइयो”, उहाँले गुनासो गर्दै भन्नुभयो, “कानून बनाउने र परिमार्जन गर्ने पक्षको गम्भीर ध्यानाकर्षण होस्, ताकि हामीले जस्तो दुःखसास्ती अरू नेपालीले भविष्यमा भोग्नु नपरोस् ।”

निजामती कर्मचारीसमेत रहेका साहित्यकार भण्डारीले बिहीबार फेसबुकमा यस बारेमा गुनासो सार्वजनिक गरेपछि शुभेच्छुकहरुले नेपालको मिर्गौला प्रत्यारोपणसम्बन्धी कानूनमा दान दिन पाउने नातेदारको दायरा फराकिलो बनाइनुपर्ने सुझाव राखेका छन् ।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ अनुसार मिर्गौला ग्रहण गर्ने व्यक्तिले उहाँका नातामा काकाले दान गर्न पाउने उल्लेख भए पनि काकाससुराले दिन पाउने व्यवस्था छैन । काकाले दान गर्न पाउँदा काकाससुराले पनि पाउनु पर्नेगरी कानून फराकिलो र व्यावहारिक हुनुपर्ने उहाँको भनाइ छ ।

ऐनमा परिवारका सदस्य र नजिकका नातेदारले अङ्ग दान गर्न पाउने व्यवस्था छ । जसअनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुरा उल्लेख छ ।

यसैगरी नजिकको नातेदार भन्दै पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले मिर्गौला दान गर्न पाउने व्यवस्था छ । ऐनलाई केही खुकुलो बनाउँदै २०७३ सालमा संशोधन गरिएको थियो जसमा नजिकको नातेदार दुई परिवारमा मानव अङ्ग प्रत्यारोपणका लागि सट्टा गर्न पाउने समेत व्यवस्था छ ।

सोही ऐनबमोजिम गत वर्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण भएको थियो । उहाँलाई नातामा भान्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । त्यसअघि पहिलोपटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदा उहाँकै बुहारी अन्जान घिमिरेले मिर्गौला दान गर्नुभएको थियो । 

नेपालमा वार्षिक तीन हजारभन्दा बढीको मिर्र्गौला खराब हुने गरेको र हाल २८ लाख नेपाली कुनै न कुनै रूपमा मिर्गौलाको रोगी भएको नेपाल मिर्गौला केन्द्रको अनुमान छ । गरिब नेपालीले सिरिखुरी सम्पत्ति बेचेर पनि कानुनी अड्चनका कारण स्वदेशमा उपचार गर्न नपाउनु दुःखद भएको सामाजिक सञ्जालमा टिप्पणी आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने