२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइँदै, को कसले पाउंछन् लगाउन ?

२ भाद्र २०७८, बुधबार १०:१७

भदौ २, काठमाडौँ । काठमाडौँ स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो । 

जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो । भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा एस्ट्राजेनिका खोप प्राप्त भएको थियो । पैसठ्ठी वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएकालाई भूटान र जापानबाट प्राप्त एस्ट्राजेनिका खोप प्रदान गरिएको थियो । 

स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाप्रमुख डा झलक शर्मा गौतमले सबै ज्येष्ठ नागरिकले दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका नलगाएको हुनाले बचेको हुनसक्ने बताउनुभयो । काठमाडाँै जिल्लाका सबै स्थानीय तहमा खोप लगाउन थालिएको छ । कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका पाँच खोप केन्द्र तथा कीर्तिपुर, तारेश्वर, नागार्जुन, बूढानीलकण्ठ, कागेश्वरी–मनहरा, टोखा र गोकर्णेश्वर नगरपालिकामा एक÷एक खोप केन्द्र तोकिएको छ । 

महानगरपालिकामा राधस्वामी आइसोलेशन सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताललाई खोप केन्द्र तोकिएको छ । कार्यालयले महानगरपालिकामा आवश्यकताअनुसार खोप केन्द्र थप्ने बताएको छ । अहिलेसम्म नेपालमा ४७ लाख ६४ हजार आठ सय ६५ व्यक्तिले पहिलो मात्रा र ३५ लाख ८६ हजार ६७३ ले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान