२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित ?

३ भाद्र २०७८, बिहीबार १२:४६

भदौ ३, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।


मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।


कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६३९, कास्कीमा २०२, झापामा १८७, ललितपुरमा १२७, मोरङमा ११९, चितवनमा १०२ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी र बागलुङमा ९१/९१ जना, काभ्रेपलाञ्चोक रुपन्देहीमा ५३/५३ जना, मकवानपुर र सुर्खेतमा ४६/४६ जना, गोरखामा ४५, बाँकेमा ३४ जना कोरोाना संक्रमित थपिएका छन् ।

नुवाकोटमा २९, दोलखामा २८, नवलपरासी पूर्वमा २६,स्याङजा र दाङमा २२/२२ जना, तनहुँमा १४ जना, कैलालीमा १२, पाँचथर र म्‍याग्दीमा ११/११ जना तथा धादिङ र गुल्मीमा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालययले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान