२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्दाको अनौठो धन्दा !

५ भाद्र २०७८, शनिबार ०२:५२

भदौ ५, काठमाडौं । ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए ।

 यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिए । तिनले यात्रु भने ओसारेका थिएनन् । टेम्पुमा माइक जडान थियो । माइक बज्थ्यो र भन्थ्यो–पाल्पाका चुडाबहादुर रुचाल मिर्गौला पीडित र आर्थिक अवस्था कमजोर भएको हुँदा उनका लागि आर्थिक सहयोग गरिदिनुहोला ।

कहिले बैदाम, कहिले लेखनाथतिर त कहिले पोखराका गल्लीगल्लीमा त्यस्तो माइकिङ भइरहेको थियो । कति ठाउँका चोकहरुमा चाहिँ केही समय टेम्पु बिसाएरै घन्टौं वा दिनभरजसो आर्थिक सहयोगको अपिल पनि भइरहेको थियो । यस्तो दृश्यमा जब प्रहरी नजर प¥यो, शंका लाग्यो ।

बुझ्दै जाँदा त्यसरी सहयोगको अनुरोध गर्नमात्रै पोखरा महानगरपालिकाभित्र १० वटा टेम्पु खटिएका रहेछन् भन्ने पत्ता लाग्यो । जे भनेर चन्दा संकलन गरिएको थियो, त्यसका लागि कतैबाट अनुमति लिएको प्रमाण पनि भेटिएन ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी महेन्द्र मरासिनी नेतृत्वको टोलीले तिनैलाई पछ्याउँदै जाँदा प्रहरीले टेम्पुवाला पोखरा २६ विजयपुरस्थित न्यु हाइवे स्टाफ होटल एन्ड लजमा बस्ने गरेको भेटेको थियो । त्यहाँ त एक वा दुई होइन १० वटा टेम्पु भेटिए ।

मिर्गौला पीडितका लागि भन्दै ठाउँठाउँमा चन्दा संकलन गर्ने उनीहरुको धन्दा नै रहेको प्रहरीले पत्तो पायो । त्यसपछि कास्की प्रहरीले अवैध रुपमा चन्दा संकलन गरिरहेको आरोपमा २ जनालाई पक्रेको छ ।

झापा विर्तामोड नगरपालिका ९ की ३४ वर्षीया एलिजा बस्नेत, वडा नम्बर १ का ३२ का टेकबहादुर बस्नेत, झापाकै हल्दीबारी गाउँपालिका १ का ४४ वर्षे धनबहादुर सेन्चुरी पक्राउ परेका हुन् ।

यो समाचार आजको अन्नपूर्ण पोसट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव