२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र थाइल्याण्डबीच महामारीविरुद्ध सहकार्य गर्न सहमति

२०७८, ९ भाद्र बुधबार १३:५३

भदौ ९, काठमाडौँ | नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । अप्रत्यक्षरूपमा आज भएको नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा त्यस्तो सहमति भएको हो । 

“महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले आपसी सम्बन्धका समग्र पक्षबारे जानकारी लिनका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे विचार आदानप्रदान गरेका थिए । प्राविधिक सहयोग, व्यापार तथा लगानी, पर्यटन र संस्कृति, शिक्षा तथा जनता–जनताबीचको सम्बन्धबारे पनि बैठकमा विचारविमर्श भएको थियो । 

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र थाइल्याण्डको प्रतिनिधित्व त्यहाँको परराष्ट्र मन्त्रालयका स्थायी सचिव थानी थोङपाक्दीले गर्नुभएको थियो । महामारीविरुद्ध लड्न थाइल्याण्डलले नेपाललाई औषधि एवं उपकरण सहयोग गरेकामा सचिव पौड्यालले थाइल्याडको राजपरिवार, परराष्ट्र मन्त्रालय, भिरापुचोङ प्रतिष्ठान र लुम्बिनीस्थित शाही थाई विहारप्रति नेपाल सरकारका तर्फबाट आभार प्रकट गर्नुभयो । 

दुई देशबीचको आर्थिक साझेदारीमा जोड दिँदै परराष्ट्र सचिव पौड्यालले नेपालमा वैदेशिक लगानीको वातावरण बनाउन नेपाल सरकारले शुरु गरेका नीतिगत, कानूनी, संस्थागत एवम् प्रक्रियागत सुधारबारे जानकारी दिनुभएको थियो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विम्स्टेक)मार्फत क्षेत्रीयस्तरमा पनि सहयोग प्रवद्र्धन गर्नेबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए । 

बैठकमा नेपालका तर्फबाट थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकाल, परराष्ट्र, अर्थ, स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो । थाई प्रतिनिधिमण्डलमा त्यहाँको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय सहयोगका लागि थाई नियोगका उच्च अधिकारी सहभागी थिए । संयुक्त आयोगको छैटौँ बैठक दुवै पक्षलाई सहज हुने मितिमा हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि