२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २००४ जना, १६ जनाको निधन

२०७८, १७ भाद्र बिहीबार १२:०६

भदौ १७, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार चार जनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् ।

सङ्क्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भई घर फर्किएका हुन् । बुधबारको तुलनामा निको हुने दर बढेको छ । हिजो ९४.१ प्रतिशत निको हुने दर रहेकामा बढेर ९४.२ प्रतिशत पुगेको छ । 

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । बुधबारभन्दा आज निधन हुनेको सङ्ख्यामा कमी आएको हो । हिजो २० जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ७८६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६३.५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 

यस्तै ५४४ जना सघन उपचार कक्ष, १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ होम आइसोलेसन,  दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । ५०० भन्दाबढी सङ्क्रमित हुने जिल्ला १९ वटा रहेका छन् । आज एक लाख १७ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते