१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सुर्खेत - SKT

सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

१९ भाद्र २०७८, शनिबार ०५:०६

भदौ १९, कर्णाली (रासस)। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ । 

जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताउनुभयो । अधिकृत वाग्लेले भन्नुभयो, “वीरेन्द्रनगरको अङ्कभार ६६ छ । भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन् ।” 

उहाँले सुर्खेतका विद्यालय खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको जनाउनुभयो । पञ्चपुरी, लेकबेँसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना सङ्क्रमण न्यून भएकाले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने उहाँको भनाइ छ । 

मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याब्सन, एनप्याब्सन, शिक्षक महासङ्घ र शिक्षक अभिभावक सङ्घ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ । 

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आगामी सातादेखि सुर्खेतका सबै सामुदायिक र संस्थागत विद्यालय खुल्ने बताउनुभयो । स्वास्थ्य सङ्क्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने प्रजिअ रिजालले बताउनुभयो । दुई÷तीन दिनभित्र मापदण्ड निर्माण गरी प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उहाँको भनाइ छ । 

विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना सङ्क्रमणको अवस्था हेरिनेछ । सुर्खेतका नौमध्ये छवटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधिअनुसार ग्रीन जोनमा परेको र भौतिकरुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगङ्गा तथा गुर्भाकोट नगरपालिका पहेँलो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परे पनि विद्यालय खुलाउने तयारी गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो नेपाल सरकारका प्रबक्ता गुरुङले गरे पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना काठमाडौं महानगरले न्यायिक समितिबाट निःशूल्क कानूनी सेवा दिइरहेको छ :- उपप्रमुख डंगोल नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन