२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

स्वास्थ्य सामग्री वितरण

२०७८, ८ आश्विन शुक्रबार ०५:५१

असोज ८, काठमाडौँ (रासस ) । ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आदर्श गाउँपालिकामा रहेका नमादेव मावि साउदकाँडा, कालीभैरव मावि कोटाञ्जर, प्रभात मावि देहिमाण्डौँ, लक्ष्मी मावि काँडी र कालिकास्थान माविलाई सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरिएको हो । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण होस् भनेर उक्त गाउँपालिकाका पाँच विद्यालय र त्यहाँको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

उक्त संस्थाद्वारा सञ्चालित कोभिड–१९ रिलिफ सपोर्ट र केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । यसैगरी उक्त संस्थाले आदर्श–५ मा रहेको लामिखाल स्वास्थ्यचौकीमा सात लिटरको अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, थर्मलगन, अक्सिपल्स मेसिन र दुई थान पिपिइ सेट वितरण गरिएको छ । मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीले कोरोनाबाट मात्र नभई अन्य रोगबाट पनि बचाउने भएकाले शिक्षक, विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री अतिउपयोगी भएको लामिखाल स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्र सिंहले बताउनुभयो । 

विद्यालयले किनेर वितरण गर्न नसकेको अवस्थामा साइन नेपालले प्रदान गरेका स्वास्थ्य सामग्रीले विद्यालयमा निकै राहत भएको र सबै विद्यार्थीले मास्क लगाउन पाएको स्वास्थ्य सामग्री पाएका विद्यालयका शिक्षकले बताएका छन् । उक्त संस्थाले डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्वास्थ्य, शिक्षा, महामारी, विपद् जोखिम, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको छ । उक्त संस्थाले सो गाउँपालिकामा यसअघि सीपमूलक तालिम, छाउपडीसम्बन्धी सचेतना, स्वास्थ्य सामग्री वितरण, महामारी नियन्त्रण, विद्यालयमा कम्प्युटर, प्रिन्टरलगायत सामग्री वितरणजस्ता काम सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते