२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीको दुई गोल मद्दतमा पिएसजीको जित

३ कार्तिक २०७८, बुधबार ०३:३५

कात्तिक ३, काठमाडौं| अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ । 

मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको छ ।

टोली २-१ ले पछि पर्दा मेस्सीले २ गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । यस्तै युवा फरवार्ड केलीयन एमबाप्पेले १ गोल गरे । पराजित लाइप्जिगको लागि आन्द्रे सिल्भा र नोर्दिक मुकिएलेले १/१ गोल गरे ।

खेलको नवौं मिनेटमा एमबाप्पेले काउन्टर मुभमा उत्कृष्ट फिनिस गरेका थिए । तर २८ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ५७ औं मिनेटमा नोर्दिक मुकिएलेले गोल गर्दै पाहुना टोलीलाई २-१ ले अघि बढाए । 

यसपछि यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस झरेका मेस्सीले खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुन: २/२ को बराबर ल्याए । 

७४ औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गर्दै टोलीलाई ३-२ को पुनरागमन जित दिलाए । पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्रा

प्त गर्‍यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बाप्पेलाई दिए । एमबाप्पेको पेनाल्टी प्रहार बाहिरिदा पिएसजीले अग्रता बढाउन सकेन ।

समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५-१ ले हरायो । 

यस जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ । टोलीको ३ खेलमा ७ अंक छ । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइप्जिग भने ३ खेलमा अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान