२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोन खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ : डब्लूएचओ

२३ मंसिर २०७८, बिहीबार ०३:५८

मङ्सिर २३ काठमाडौँ (एजेन्सी) | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक सङ्क्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्याङ्कले यो देखाउँछ की एक पटक सङ्क्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरूमा पनि ओमिक्रोन तीव्र ढङ्गले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने । 

तर, तीव्र फैलिन्छ भनेर निष्कर्षमा पुग्नुअघि अझै बढी तथ्याङ्क अध्ययन गर्न आवश्यक भएको उनले बताए । ओमिक्रोनकाे लक्षणबारे प्रष्ट तथ्याङ्क उपलब्ध गराउनसमेत प्रभावित देशहरूलाई उनले अनुरोध गरे ।दक्षिण अफ्रिकामा फैलिएको ओमिक्रोन भेरियन्ट अहिले नेपाललगायत ४५ देशमा फैलिइसकेको छ । प्रभावित देशहरूले सीमामा कडाइ गर्नुका साथै विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।  

भाइरसलाई लिएर लापरबाही नगर्न पनि टेड्रोसले सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘यो सामान्य भाइरस हो भनेर रमाउने हो भने यसले ठूलो मानवीय क्षति गर्नेछ,’ उनले भने । पछिल्लो भेरियन्ट मानिसहरुमा सजिलै फैलिने भएकोले सङ्क्रमणको ‘चेन’ तोड्नुपर्ने उनले बताए । नयाँ भेरियन्ट यसअघिका डेल्टा भाइरसभन्दा न्यून जोखिमपूर्ण रहे पनि यसको सङ्क्रमण क्षमता भने तीव्र भएको वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य